सप्तकोशीमा दाउरा बटुल्न डुंगा खियाउँदै माझी दाइ (तस्बिरहरू) « Khabarhub

सप्तकोशीमा दाउरा बटुल्न डुंगा खियाउँदै माझी दाइ (तस्बिरहरू)


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सनसरी- जब बर्खा लाग्छ तब सप्तकोशी नदी किनारमा डुंगा खियाउँदै दाउरा खोज्न व्यस्त भएका देखिन्छन् माझी समुदायका पुरूष ।

सुनसरीको वराहक्षेत्र नगरपालिका ६ स्थित सप्तकोशी किनारमा कोही डुंगा खियाइरहेका हुन्छन् भने कोही किनारमा उतारिएका दाउरा चिरिरहेका भेटिन्छन् ।

परम्परागत डुंगाको सहयोगमा सप्तकोशीको फिजारिँदो भंगालोसँग पौँठेजोरी खेल्दै यी समुदायका सदस्यहरू पहाडबाट बगेर आएका दाउर बटुलिरहेका हुन्छन् ।

डुंगामार्फत् संकलन गरेका दाउरा उनीहरूले सुनसरीका बजारमा लगेर बेच्छन् । एक ट्याक्टर दाउराबाट उनीहरूले ७ देखि ८ हजारसम्म कमाउँछन् ।

माझी समुदायका मानिस ४० वर्षभन्दा बढी समयदेखि सप्तकोशीबाट दाउरा तान्दै बेच्ने परम्परागत पेशामा छन् । उनीहरू बर्खायाममा कोशीबाट दाउरा तान्छन् । हिउँदमा चाहिँ मानिसलाई वारपार गराउने र माछा मार्ने पेशामा रमाउँछन् ।

यहाँका माझी समुदायको पुर्ख्यौली पेशा नै यही भएको छ । नयाँ पुस्ताका युवाहरू चाहिँ अचेल विदेश पनि जान थालेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ७ : ३७ बजे

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा