सप्तकोशीमा दाउरा बटुल्न डुंगा खियाउँदै माझी दाइ (तस्बिरहरू) « Khabarhub

सप्तकोशीमा दाउरा बटुल्न डुंगा खियाउँदै माझी दाइ (तस्बिरहरू)


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सनसरी- जब बर्खा लाग्छ तब सप्तकोशी नदी किनारमा डुंगा खियाउँदै दाउरा खोज्न व्यस्त भएका देखिन्छन् माझी समुदायका पुरूष ।

सुनसरीको वराहक्षेत्र नगरपालिका ६ स्थित सप्तकोशी किनारमा कोही डुंगा खियाइरहेका हुन्छन् भने कोही किनारमा उतारिएका दाउरा चिरिरहेका भेटिन्छन् ।

परम्परागत डुंगाको सहयोगमा सप्तकोशीको फिजारिँदो भंगालोसँग पौँठेजोरी खेल्दै यी समुदायका सदस्यहरू पहाडबाट बगेर आएका दाउर बटुलिरहेका हुन्छन् ।

डुंगामार्फत् संकलन गरेका दाउरा उनीहरूले सुनसरीका बजारमा लगेर बेच्छन् । एक ट्याक्टर दाउराबाट उनीहरूले ७ देखि ८ हजारसम्म कमाउँछन् ।

माझी समुदायका मानिस ४० वर्षभन्दा बढी समयदेखि सप्तकोशीबाट दाउरा तान्दै बेच्ने परम्परागत पेशामा छन् । उनीहरू बर्खायाममा कोशीबाट दाउरा तान्छन् । हिउँदमा चाहिँ मानिसलाई वारपार गराउने र माछा मार्ने पेशामा रमाउँछन् ।

यहाँका माझी समुदायको पुर्ख्यौली पेशा नै यही भएको छ । नयाँ पुस्ताका युवाहरू चाहिँ अचेल विदेश पनि जान थालेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ७ : ३७ बजे

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान