आज २०८२ साल असोज १६ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल असोज १६ गते बिहीबारको राशिफल


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज १६ गते बिहीबार। आश्विन शुक्ल पक्षको दशमी तिथि। विजया दशमी। दशैँको टीकाको दिन। तदनुसार सन् २०२५ अक्टोबर २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : तपाईंका लागि आजको दिन धेरै राम्रो छ। आज व्यापार व्यवसायमा सुधारका संकेत देखिनेछन्। शिक्षा र स्वास्थ्यमा गरेका प्रयासमा सफलता मिल्नेछ। साथीसँग भेटघाट हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

वृष : दिन राम्रो छ। सम्पत्ति आर्जन हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ। हरेक काममा विपक्षी साथीको समेत साथ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन : दिन सामान्य छ। बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या बढ्नेछ। धर्मकर्ममा मन जानेछ। शिक्षाको क्षेत्रमा थप मिहिने गर्नुपर्ने देखिन्छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ सहयोग मिल्नेछ।

कर्कट : दिन राम्रो छ। आज स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। व्यापार व्यावसायमा फाइदा हुनेछ। घुमघामको समय मिल्नेछ। वैदेशिक रोजगारीमा मन जानेछ। लगानी गरेको भए फाइदा हुने योग छ।

सिंह : दिन सामान्य छ। तपाईंको कुरा काट्नेहरु बढ्नेछन्। परिवारको साथमा लामो यात्रा हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। सानो काममा विवाद बढ्नेछ। संकटको समय भएकाले परिवारको साथ लिएर मात्रै अघि बढ्नु राम्रो हुन्छ।

कन्या : दिन राम्रो छ। आफन्तसँगको भेटघाटले नयाँ योजना बन्नेछन्। शिक्षा, स्वास्थ्यमा गरेको प्रयास सफल हुनेछ। सुखद् यात्रा तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मान्यजनसँग भेट हुने योग छ।

तुला : दिन सामान्य छ। साना कुरामा समय बर्बाद हुनेछ। साथी र आफन्तसँग वादविवाद पर्नसक्छ। आफन्तबाट अपमानित भएको महसुस गर्नु हुनेछ। शिक्षामा थप मिहिनेतको खाँचो छ। छोटो यात्रा हुनेछ।

वृश्चिक : दिन राम्रो छ। बन्धुसँगको सहकार्यमा गरेको कामबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्छ। पठनपाठनमा मन जानेछ। परिवारमा मनमुटाव हुनसक्छ। हरेक काममा सचेत भएर अगाडि बढ्नु उचित हुन्छ।

धनु : दिन राम्रो छ। आज गुम्नै लागेको सम्पत्ति हात लाग्नेछ। स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। सम्पत्ति आर्जन हुने दिन छ। परिवारको साथसहयोग मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर प्राप्त होला।

मकर : दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमाले भ्रमण गर्ने भएकाले सोचेको काम बन्नेछ। परिवारभित्रबाट मानसम्मान प्राप्त हुनेछ। धर्मकर्ममा मन जानेछ। आम्दानीका स्रोत बलियो हुनेछन्। पूर्वको लामो यात्रामा नजानु उचित हुन्छ।

कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। साथीभाइसँग मनमुटाव हुनेछ। धार्मिक क्षेत्रमा सक्रिय व्यक्तित्वसँग सहकार्य हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ।

मीन : दिन सामान्य छ। मनमा सानातिना कुराले तनाव बढ्नेछ। शत्रु बढ्नेछन्। कुरा काट्ने थपिनेछन्। ठूलो लगानी नगर्नुहोला। धर्मकर्ममा मन जानेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ५ : १३ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले