प्रधानमन्त्री कार्कीले दशैँको टीका नलगाउने « Khabarhub

प्रधानमन्त्री कार्कीले दशैँको टीका नलगाउने


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको बडादशैँमा टीका तथा जमरा लगाउने भएकी छिन् ।

बडादशैँ हर्षोल्लासका साथ मनाउने पर्व भए पनि गत भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइतेको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए ।

जेन-जी आन्दोलनका क्रममा निधन हुनेको संख्या ७६ रहेको छ भने अझै करिब ४० जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस घडीमा आफू टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाइदिने स्पष्ट पारेको छ । 

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ७ : ३३ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त