काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
महाधिवेशन कार्यतालिकाको विषयलाई लिएर संस्थापन पक्ष र इतर पक्षबीच विवाद भएपछि शुक्रबारका लागि बोलाइएको बैठक स्थगित गरेर आजका लागि बोलाइएको हो ।
आजको बैठकमा महाधिवेशन, निर्वाचन तयारी लगायतका विषयमा छलफल हुनेछ ।
कांग्रेसमा १५औँ महाधिवेशनको मितिबारे विवाद रहेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्ष आगामी मङ्सिरमै नियमित महाधिवेशन गर्नुपर्ने र त्यसो हुन नसकेमा विशेष महाधिवेशनमा जानुपर्ने अडानमा रहेका छन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा संस्थापन पक्ष भने फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने धारणामा अडिग छन् ।
गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित हुँदै र चल्दै आएको छ ।













प्रतिक्रिया