काठमाडौं– नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
आजको बैठकमा विभिन्न पार्टीसँग हुन लागेको एकताबारे ठोस निर्णय गर्ने बताइएको छ ।
माओवादीसँग नेकपा एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको जनता समाजवादी पार्टीलगायतबीचको एकता अन्तिम चरणमा पुगेको छ ।
माओवादी केन्द्रका संयोजक प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच आगामी मङ्गलबार पार्टी एकीकरण गर्ने विषयमा सहमति जुटिसकेको बुझिएको छ ।
आजको बैठकले औपचारिक निर्णय गरेपछि सोमबार बस्ने महाधिवेशन आयोजक समितिको बैठकले पार्टी एकताबारे अन्तिम टुङ्गो लगाउने माओवादी नेता अग्नि सापकोटाले जानकारी दिए ।













प्रतिक्रिया