फ्लाई नेपालले एलिनालाई भन्यो- अन्याय महसुस भए कानुनी बाटोमा जानू | Khabarhub Khabarhub

फ्लाई नेपालले एलिनालाई भन्यो- अन्याय महसुस भए कानुनी बाटोमा जानू


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘अब सुन्छ अमेरिका’मा प्रस्तुति दिन पुगेकी गायिका एलिना चौहान र आयोजक फ्लाई नेपाबीचको मनमुटाव अहिले चर्चामा छ ।

आयोजकमध्ये एकजना विनोद अधिकारीले अमेरिकामा आफूलाई ‘नोकर र कैदीको जस्तो व्यवहार’ गरेको एलिनाले आरोप लगाएकी थिइन् ।

अमेरिकाबाट फर्किएपछि दिएका अन्तर्वार्तामा एलिनाले आयोजकलाई विभिन्न आरोप लगाएकी छन् । आयोजकले सम्झौताविपरीत आवासको व्यवस्था गरेको उनको दाबी छ ।

आयोजकसँग सम्झौता रद्द गरेर आएदेखि नै एलिनाले अमेरिकामा घटना सार्वजनिक गरिरहेकी छन् ।

एलिनाको आरोपबारे फ्लाई नेपाले पहिलो पटक स्पष्टीकरण दिएको छ । सम्झौताअनुसार कलाकारलाई सेवा सुविधा उपलब्ध गराएको आयोजको दाबी छ ।

फ्लाई नेपाले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण कलाकार पक्षले करारमा रहे बमोजिम साथ दिनुपर्ने र आयोजकले पनि करारमा रहे जति सेवा सुविधा दिनु पर्ने स्थितिमा दुवै पक्ष यो कुराको जानकार हुँदै लगभग धेरै कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेका थिए।’

तर, सम्झौताविपरीत एलिना अर्को कार्यक्रममा सहभागी भएपछि समस्या उत्पन्न भएको आयोजकको दाबी छ ।

‘केही स्थानमा कार्यक्रम बाँकी हुँदै गर्दाको अवस्थामा कलाकार एलिना चौहानले कारारविपरीत अन्य संस्थाबाट रकम लिएर कार्यक्रम गरेको भेटिएपछि करारका बुँदाहरू त्यस बखतबाटै उल्लङ्घन भएपछि ‘अब गाँउछ अमेरिका’को बाँकी कार्यक्रम पनि रद्द भएर नेपाल फर्किनु भएको…’ विज्ञप्तिमा भनिएको छ ।

सम्झौता रद्दप्रति आपत्ति भए र अन्यायमा परेको महसुस भए कानुनी बाटो रोज्न फ्लाई नेपाले एलिनालाई सुझाव दिएको छ ।

‘उहाँलाई यस करार रद्दप्रति आपत्ति भएको वा अन्याय परेको महसुस भएमा कानुनी बाटो अपनाउन सकिने जानकारी गराउन चाहान्छौँ’, अगाडि भनिएको छ, ’साथै अनावश्यक अफवाहमा नपरी उचित मार्गद्वारा समस्याको समाधान निक्लियोस…।’

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १ : ५१ बजे

धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा ‘रेडपाण्डा’ भेटियो

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर २ र ३ का

बनेपामा ‘एक घर, एक धारा’ अभियान

काभ्रे– काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ

पत्रकारसँग संवाद गर्दै एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सोमबार पत्रकारसँग संवाद

वीरगञ्ज नाकाबाट तीन महिनामा आठ अर्ब ७० करोड बराबरका सवारीसाधन भित्रियो

पर्सा– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा आठ

‘कफिन’मा टिकेको अर्थतन्त्र : कहिलेसम्म ज्ञानलाई डलरको विनिमयमा तौलिने ?

घडीको टिक टिक,परदेशी अपार्टमेन्टको निस्तब्धता। सिसाको झ्यालमा बुँदाबुँदा पानीका थोपा