फ्लाई नेपालले एलिनालाई भन्यो- अन्याय महसुस भए कानुनी बाटोमा जानू « Khabarhub

फ्लाई नेपालले एलिनालाई भन्यो- अन्याय महसुस भए कानुनी बाटोमा जानू


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘अब सुन्छ अमेरिका’मा प्रस्तुति दिन पुगेकी गायिका एलिना चौहान र आयोजक फ्लाई नेपाबीचको मनमुटाव अहिले चर्चामा छ ।

आयोजकमध्ये एकजना विनोद अधिकारीले अमेरिकामा आफूलाई ‘नोकर र कैदीको जस्तो व्यवहार’ गरेको एलिनाले आरोप लगाएकी थिइन् ।

अमेरिकाबाट फर्किएपछि दिएका अन्तर्वार्तामा एलिनाले आयोजकलाई विभिन्न आरोप लगाएकी छन् । आयोजकले सम्झौताविपरीत आवासको व्यवस्था गरेको उनको दाबी छ ।

आयोजकसँग सम्झौता रद्द गरेर आएदेखि नै एलिनाले अमेरिकामा घटना सार्वजनिक गरिरहेकी छन् ।

एलिनाको आरोपबारे फ्लाई नेपाले पहिलो पटक स्पष्टीकरण दिएको छ । सम्झौताअनुसार कलाकारलाई सेवा सुविधा उपलब्ध गराएको आयोजको दाबी छ ।

फ्लाई नेपाले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण कलाकार पक्षले करारमा रहे बमोजिम साथ दिनुपर्ने र आयोजकले पनि करारमा रहे जति सेवा सुविधा दिनु पर्ने स्थितिमा दुवै पक्ष यो कुराको जानकार हुँदै लगभग धेरै कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेका थिए।’

तर, सम्झौताविपरीत एलिना अर्को कार्यक्रममा सहभागी भएपछि समस्या उत्पन्न भएको आयोजकको दाबी छ ।

‘केही स्थानमा कार्यक्रम बाँकी हुँदै गर्दाको अवस्थामा कलाकार एलिना चौहानले कारारविपरीत अन्य संस्थाबाट रकम लिएर कार्यक्रम गरेको भेटिएपछि करारका बुँदाहरू त्यस बखतबाटै उल्लङ्घन भएपछि ‘अब गाँउछ अमेरिका’को बाँकी कार्यक्रम पनि रद्द भएर नेपाल फर्किनु भएको…’ विज्ञप्तिमा भनिएको छ ।

सम्झौता रद्दप्रति आपत्ति भए र अन्यायमा परेको महसुस भए कानुनी बाटो रोज्न फ्लाई नेपाले एलिनालाई सुझाव दिएको छ ।

‘उहाँलाई यस करार रद्दप्रति आपत्ति भएको वा अन्याय परेको महसुस भएमा कानुनी बाटो अपनाउन सकिने जानकारी गराउन चाहान्छौँ’, अगाडि भनिएको छ, ’साथै अनावश्यक अफवाहमा नपरी उचित मार्गद्वारा समस्याको समाधान निक्लियोस…।’

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १ : ५१ बजे

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला