यातायात व्यवस्था विभागको सर्भर काठमाडौं उपत्यकामा सुचारु  « Khabarhub

यातायात व्यवस्था विभागको सर्भर काठमाडौं उपत्यकामा सुचारु 

नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेको हकमा मात्रै सेवा दिइने 


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागको सर्भर आंशिक रुपमा सुचारु भएको छ । विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाका अनुसार आइतबार दिउँसो करिब २ बजेदेखि सर्भर चल्न थालेको हो । 

‘सिंहदवारमा रहेको एकीकृत डाटा सेन्टरबाट डाटा ताने पनि वर्षाका कारण जलेको भवनको सिलिङबाट पानी लिकेज हुँदा काम गर्न सकेका थिएनौ, अहिले आंशिक रूपमा काठमाडौँ उपत्यका भित्र मात्रै सुचारु भएको हो, जसमध्ये ललितपुरको एकान्तकुना, भक्तपुरको राधेराधेमा सुरु भयो, चाबहिल र ठुलो भर्‍याङ्मा अहिले काम गर्दै हुनुहुन्छ,’ उनले बताए । 

भोलिसम्म देशभरका ४४ वटा यातायात कार्यालयमा सेवा विस्तार गरिसक्ने उनले बताए ।

विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडा

‘बिर्तामोड, लहान लगायतका ८/९ वटा कार्यालय जेन–जी आन्दोलनमा जलेर ध्वस्त भएका छन्, ती बाहेक देशभरका सबै कार्यालयमा भोलिसम्म सेवा सुरु हुन्छ ।’ उनले थपे, अहिले लाइसेन्स नवीकरण, नयाँ लाइसेन्स लिने अनलाइन भुक्तानी गर्ने, नागरिक एप लगायतका काम मध्ये अहिले नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेको हकमा सेवा सुरु भएको छ, सबै कार्यालयमा सञ्चालन भएपछि नागरिक एपमा पनि आउँछ,।’ 

अन्य सेवा भने applydlnew.dotm.gov.np वेबसाइट सञ्चालनमा आएपछि मात्र सुचारु हुने समेत विभागले जनाएको छ ।
२३ र २४ भदौ गते भएको जेन–जी आन्दोलनका क्रममा विभागमा तीन अर्बबढी क्षति भएको थियो । त्यसपछि सवारीचालक अनुमति पत्र (लाइसेन्स) लगायतका सेवा अवरुद्ध भएको थियो । 

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ३ : ३० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।