यातायात व्यवस्था विभागको सर्भर काठमाडौं उपत्यकामा सुचारु  « Khabarhub

यातायात व्यवस्था विभागको सर्भर काठमाडौं उपत्यकामा सुचारु 

नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेको हकमा मात्रै सेवा दिइने 


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागको सर्भर आंशिक रुपमा सुचारु भएको छ । विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाका अनुसार आइतबार दिउँसो करिब २ बजेदेखि सर्भर चल्न थालेको हो । 

‘सिंहदवारमा रहेको एकीकृत डाटा सेन्टरबाट डाटा ताने पनि वर्षाका कारण जलेको भवनको सिलिङबाट पानी लिकेज हुँदा काम गर्न सकेका थिएनौ, अहिले आंशिक रूपमा काठमाडौँ उपत्यका भित्र मात्रै सुचारु भएको हो, जसमध्ये ललितपुरको एकान्तकुना, भक्तपुरको राधेराधेमा सुरु भयो, चाबहिल र ठुलो भर्‍याङ्मा अहिले काम गर्दै हुनुहुन्छ,’ उनले बताए । 

भोलिसम्म देशभरका ४४ वटा यातायात कार्यालयमा सेवा विस्तार गरिसक्ने उनले बताए ।

विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडा

‘बिर्तामोड, लहान लगायतका ८/९ वटा कार्यालय जेन–जी आन्दोलनमा जलेर ध्वस्त भएका छन्, ती बाहेक देशभरका सबै कार्यालयमा भोलिसम्म सेवा सुरु हुन्छ ।’ उनले थपे, अहिले लाइसेन्स नवीकरण, नयाँ लाइसेन्स लिने अनलाइन भुक्तानी गर्ने, नागरिक एप लगायतका काम मध्ये अहिले नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेको हकमा सेवा सुरु भएको छ, सबै कार्यालयमा सञ्चालन भएपछि नागरिक एपमा पनि आउँछ,।’ 

अन्य सेवा भने applydlnew.dotm.gov.np वेबसाइट सञ्चालनमा आएपछि मात्र सुचारु हुने समेत विभागले जनाएको छ ।
२३ र २४ भदौ गते भएको जेन–जी आन्दोलनका क्रममा विभागमा तीन अर्बबढी क्षति भएको थियो । त्यसपछि सवारीचालक अनुमति पत्र (लाइसेन्स) लगायतका सेवा अवरुद्ध भएको थियो । 

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ३ : ३० बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम