पदाधिकारीलाई संघर्षरत नर्सहरुको प्रश्न- सहमतिको अधिकार कसले दियो ? « Khabarhub

पदाधिकारीलाई संघर्षरत नर्सहरुको प्रश्न- सहमतिको अधिकार कसले दियो ?


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निजी मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरुलाई सरकारी सरह पारिश्रमिक दिन माग गर्दै बिगत एक महिनादेखि आन्दोलित नर्सहरुले आज पनि विरोधलाई निरन्तरता दिएका छन् ।

शनिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आन्दोलनरत नर्सहरूको माग सम्बोधन गर्न भएको सम्झौतामा नर्स तथा स्वास्थ्यकर्मी संघर्ष समितिले असहमति जनाउँदै आफूहरुको आन्दोलन कायमै रहेको जनाएको छ ।

उक्त सहमतिप्रति असन्तुष्टी जनाउँदै आन्दोलनरत नर्स तथा स्वास्थ्यकर्मीहरु नेपाल नर्सिङ संघको कार्यालयमा पुगेका छन् । नाराबाजी गर्दै संघको कार्यालय पुगेका नर्स तथा स्वास्थ्यकर्मीहरुमाथि प्रहरीले कुटपिट गरेको उनीहरुले बताएका छन् ।

आन्दोलनमा सहभागी एक स्वास्थ्यकर्मीले खबरहबसंग कुरा गर्दै भनिन– आफुखुसी सहमति गरेर संघका पदाधिकारी प्रहरी परिचालन गरेर बसिरहेका छन् । असन्तुष्टी पोख्न आएका हामीहरुमाथि प्रहरीले कुटपिट गरिरहेको छ ।

समितिले आफूहरूको माग समान कामको समान मूल्य तथा सम्मान चाहेको बताएको छ । शनिबार भएको सम्झौतामा सरकारी सरह न्यूनतम नभई समग्र तलब दिने भनिएको भन्दै त्यसमा आपत्ति रहेको समितिले जनाएको छ ।

‘हामीलाई झुक्याएर न्यूनतम (आधारभूत तलब) सरकारी सरह नभई ग्रस तलब दिने भनेर भनिएको छ’, सरकारले तोकेबमोजिम न्यूनतम तलब भनेका हौँ । यहाँ झेल गरेर एकमुष्ठ सबै तलब ३४,७३० बनाउने भनियो । यो हामी मान्दैनौँ संघर्षरत नर्स प्रतिनिधि ज्योति रानाभाटले निकालेको विज्ञप्तिमा भनिएको छ ।

रानाभाटका अनुसार आफूहरू निरन्तर आन्दोलनमा रहेको र यसबाट उत्पन्न परिस्थितिको जवाफ सम्झौता गर्ने पक्ष नेपाल नर्सिङ संघ र सरकारले दिनुपर्ने छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी क्षेत्रमा कार्यरत नर्सहरुको मर्म कहिल्यै बुझ्न नसक्दा निजी क्षेत्रमा कार्यरत नर्सहरुको समस्या दिर्घकालदेखि यथावत रहँदै आएको बताएको छ ।

नेपाल नर्सिङ संघले मुख्य रुपमा आफ्ना सदस्यहरुको हक अधिकारका लागि मात्र आवाज उठाउने गथरेका कारण संघमा सदस्य नभएका, तर ठूलो संख्यामा निजी क्षेत्रमा कार्यरत नर्सहरुको समस्या र पिडा पनि बेवास्ता हुँदै आएको आरोप संर्घर्ष समितिले लगाएको छ ।

मन्त्रालयसंग पटक पटक सहमति गर्दै आएकोे देखिए पनि त्यसबाट निजी क्षेत्रमा कार्यरत नर्सहरुको समस्या समाधान हुन सकेको छैन यो कुरा प्रष्ट देखिन्छ समितिद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

यस्ता छन् आन्दोलनरत नर्सहरुका माग

-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिति २०८१–०८–२७ र २०८२–०६–२४ मा जारी गरेको नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरुको लागि न्यूनतम पारिश्रमिक रे सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागू गर्नुपर्ने ।
-तोकिएको समय भन्दा बढि र्काको लागि अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने ।

स्वास्थ्य तथा शैक्षिक संस्थाले करार नियुक्ति गरीराख्नुपर्ने , ज्यालादरीमा कार्य गराउन नपाईने, सक्कल लब्धांक पत्रहरु राख्न नपाइने ।
-अनुभवको पत्र प्रदान गर्नुपर्ने ।

-नर्सिङ लगायतका अन्य स्वास्थ्यकर्मीहरुको पारिश्रमिक बैंकिङ प्रणालीबाट उपलब्ध गराउनुपर्ने ।

नर्सहरुको सहमति बिना नेपाल नर्सिङ संघले आन्दोलनरत नर्सहरुको तर्फबाट सहमति गरेको प्रति आपत्ति प्रकट गर्दै अधिकार कसले दियो ? भनेर समितिले गम्भिर प्रश्न गरेको छ ।

हामी हाम्रो आन्दोलनलाई अझ शान्त, संगठित र दृढ रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण, स्वास्थ्यकर्मी, बिरामी तथा आम नागरिकहरु सामु यो सन्देश सार्वजनिक गर्छौै । हामीलाई सम्झौता होईन, न्यायसंगत समाधान चाहिएको छ ।

हामीलाई समान कामको समान सेवाको समान मुल्य चाहिएको छ समितिद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

निजी अस्पताल र नर्सिङ संघबीच भएको सहमति

नर्सलाई सरकारी सरह (३४,७३०) रुपैयाँ पारिश्रमिक दिन निजी मेडिकल कलेज सञ्चालक तयार भएका छन् । शनिबार नर्सहरूको माग सम्बोधन गर्न बसेको वार्तामा सरकारी सरह तलब दिन मेडिकल कलेजर र ठुला अस्पतालहरू तयार भएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार ठूला अस्पताल र मेडिकल कलेजहरूले कात्तिक महिनादेखि सतप्रतिशत तलब दिने सहमति भएको छ ।

अन्य अस्पतालहरूले भने हालका लागि ८० प्रतिशत तलब दिने र सरकारले नर्सहरूको समस्या समाधानका लागि बनाएको कार्यदलले प्रतिवेदन बुझाएपछि ती अस्पतालले पनि सरकारी सरह तलब दिने व्यवस्था गरिनेछ ।

कार्यदलको अवधि एक महिना थपिएको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए । तर, जेनजी तर्फबाट सहभागी नर्स प्रतिनिधिले भने सहमतिपत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेको उनले बताए ।

सरकारी सरह तलब मात्र होइन, पोसाक, हजाड, रात्रिकालीन लगायत सम्पूर्ण भत्ता उपलब्ध गराउनुपर्ने माग उनीहरुको रहेको छ ।

वार्तामा स्वास्थ्यमन्त्री डा. सुधा शर्मा, सचिव डा. विकास देवकोटा, समितिका संयोजक डा. श्रीकृष्ण श्रेष्ठ, प्रवक्ता डा. प्रकाश बुढाथोकी, नेपाल नर्सिङ संघकी अध्यक्ष र महासचिव, साथै निजी मेडिकल कलेज र अस्पतालका प्रतिनिधिहरू सहभागी थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ४ : १३ बजे

हामी बाँकी खेल जितेर शीर्ष चारमा स्थान बनाउनेछौँ: सोमपाल कामी

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को टिम कर्णाली याक्सका कप्तान सोमपाल

आफ्नै गाउँमा कुटिइन् पूर्वसांसद गंगा थारु, लगाइन् मंगलसुत्र चोरेको आरोप

काठमाडौँ– पूर्वसांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छन्। आफ्नै गाउँका

ताप्लेजुङको सिदिङवामा आगलागी, ५० लाखभन्दा बढीको क्षति

ताप्लेजुङ- ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ भञ्ज्याङ बजारमा विद्युत् सर्ट भएर लागेको

अब सडक मर्मतमा आउने गुनासोलाई तत्कालै सम्बोधन हुन्छ : मन्त्री घिसिङ

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मतमा

रास्वपाको विशेष बैठक जारी, विवेकशील साझा पार्टीको एकता प्रस्तावमाथि छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विशेष बैठक जारी