मर्मतपछि खुल्यो कागबेनी–छुसाङ सडक, चैले सडक मर्मत हुँदै « Khabarhub

मर्मतपछि खुल्यो कागबेनी–छुसाङ सडक, चैले सडक मर्मत हुँदै


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– बिहीबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध कोरला नाका जोड्ने (कागबेनी–छुसाङ) नौ किलोमिटर सडक आजदेखि सञ्चालनमा आएको छ । 

शनिबारदेखि विभिन्न स्थानमा उपकरण प्रयोग गरी सुरु गरिएको कागबेनी–छुसाङ सडक आवश्यक मर्मतपछि आजदेखि सडकमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयको पहलमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, सुरक्षा निकाय र कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको सहकार्यमा सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङ प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । 

उनका अनुसार कागबेनी–छुसाङ अवरुद्ध सडक सञ्चालनमा आएसँगै बारागुङ मुक्तिक्षेत्र–३ छुसाङमा फसेका झण्डै ३५० भन्दाबढी सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन् । 

‘छुसाङमा कति सङ्ख्यामा सवारीसाधन अड्किएका छन् भनी प्रहरीचौकी कागबेनीलाई विवरण सङ्कलन गर्न भनेका छौँ, जीप, कार, मोटरसाइकल र मालवाहक गरी ३५० भन्दाबढी साधन अड्किएको भन्ने छ, छुसाङमा रोकिएका सबै सवारीसाधन जोमसोम झर्दै गरेका छन्’, उनले भने । 

कागबेनी–छुसाङसम्मको सडक सञ्चालनमा आए पनि कोरलानाका जोड्ने बारागुङ मुक्तिक्षेत्र–३ चैलेमा अवरुद्ध सडकको मर्मतका लागि उपकरणसहित टोली त्यसतर्फ प्रस्थान गरेको लामाले उल्लेख गरे ।

‘अहिले चैलेमा समस्या छ, त्यहाँ पर्खाल निर्माण गरी फिलिङ गरिएको करिब ३५ मिटर सडक पहिरोले भासिएको छ, आज साँझसम्ममा सडक मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको छ’, उनले भने । चैले सडक मर्मतका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट पनि टोली त्यसतर्फ आइसकेको उनको भनाइ छ । 

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ४ : ०६ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क