युक्रेनमा रहेका उत्तर कोरियाली युद्धबन्दीद्वारा दक्षिण कोरियामा बस्न अनुमति माग « Khabarhub

युक्रेनमा रहेका उत्तर कोरियाली युद्धबन्दीद्वारा दक्षिण कोरियामा बस्न अनुमति माग


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

सियोल- युक्रेनमा युद्धकै क्रममा बन्दी बनाइएका दुई उत्तर कोरियाली सैनिकले दक्षिण कोरियामा बस्न पाउन आग्रह गरेको दक्षिण कोरियास्थित मानव अधिकार सङ्गठनले जनाएको छ ।

उक्त निवेदन उनीहरूले एउटा वृत्तचित्र फिल्मका लागि गरिएको अन्तर्वार्ताका क्रममा गरेका हुन् । अन्तर्वार्ता ग्योर–इओल नेसन युनाइटेड नामक सङ्गठनको सहयोगमा सम्पन्न भएको बताइन्छ । उक्त सङ्गठनका प्रमुख र उत्तर कोरियाबाट दलबदल गरेका जाङ से–युलका अनुसार सन् २०२४ मा रुसको पक्षमा लड्न करिब १० हजार उत्तर कोरियाली सैनिक युक्रेन पठाइएका थिए भन्ने दक्षिण कोरियाली र पश्चिमी गुप्तचर निकायहरूको मूल्याङ्कन रहेको छ ।

जाङका अनुसार दुई जना युद्धबन्दीले अन्तर्वार्ताको अन्त्यमा वृत्तचित्रका निर्मातालाई आफूहरूलाई दक्षिण कोरियामा लैजान अनुरोध गरेका थिए । उक्त अन्तर्वार्ता अक्टोबर २८ मा किएभस्थित एक गोप्य स्थानमा गरिएको थियो, जहाँ उनीहरूलाई युक्रेनी सेनाले कब्जा गरेपछि राखिएको हो ।

जाङले भने, “उनीहरूले अन्तर्वार्ताकारकर्तासँग दक्षिणमा लैजाने वाचा गर्न विनम्र अनुरोध गरेका थिए ।” दक्षिण कोरियाको संविधानअनुसार उत्तर कोरियाका नागरिकहरूलाई समेत कोरियाली नागरिकका रूपमा मानिन्छ । त्यसैले सियोलले युक्रेनमा पक्राउ परेका उत्तर कोरियाली सैनिकहरूमा पनि यो अधिकार लागू हुने स्पष्ट पारेको छ ।

जाङका अनुसार उक्त अन्तर्वार्ताको भिडियो अहिले सार्वजनिक गरिएको छैन, तर आगामी हप्ताहरूमा प्रकाशन गरिने तयारी भइरहेको छ । उनले भने, “हामीले युद्धबन्दीहरूलाई आशा र हौसला दिन दक्षिणमा बसिरहेका दलबदलकारीहरूको भिडियो सन्देश र पत्रहरू देखाएका थियौँ ।”

ग्योर–इओल नेसन युनाइटेडद्वारा उपलब्ध तस्बिरहरूमा एक युद्धबन्दीले दक्षिण कोरियामा आश्रय पाएका दलबदलकारीहरूका पत्रहरू पढिरहेको देखिन्छ । यसअघि, फेब्रुअरीमा युक्रेन भ्रमणमा गएका दक्षिण कोरियाली सांसद यु योङ–विनले पनि एक युद्धबन्दीले आफूलाई दक्षिण कोरियामा बस्न दिन अनुरोध गरेको बताएका थिए । सांसद युले गुप्तचर सेवाको हवाला दिँदै भने, “उत्तर कोरियाली सैनिकहरूलाई बन्दी पर्नुभन्दा आत्महत्या गर्न आदेश दिइएको छ ।”

उनका अनुसार कैदीहरूले आफ्ना घाइते सहकर्मीहरूले ग्रेनेड प्रयोग गरी आत्महत्या गरेको दृश्य देखेका थिए । सांसद युले भने, “यदि ती सैनिकहरूलाई उत्तर कोरियामा फिर्ता पठाइयो भने उनीहरूको मृत्यु निश्चित हुनेछ ।” प्योङयाङले यस वर्ष अप्रिलमा मात्र रुसको युद्धमा आफ्ना सेना पठाएको स्वीकार गरेको थियो र केही सैनिक मारिएको पनि पुष्टि गरेको थियो ।

उत्तर कोरियाका नेता किम जोङ उनले युद्धमा ज्यान गुमाएका सैनिकका परिवारसँग भेट गरी ‘उनीहरूको असहनीय पीडा’ का लागि समवेदना प्रकट गरेका थिए । यसैबीच सियोलस्थित गुप्तचर एजेन्सीले सेप्टेम्बरमा दिएको विवरण अनुसार युक्रेन युद्धमा करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ४ : ५६ बजे

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३