हिमाली क्षेत्रका पर्यटक महँगीको मारमा, एक लिटर तातोपानीको मूल्य पाँच सय ! « Khabarhub

हिमाली क्षेत्रका पर्यटक महँगीको मारमा, एक लिटर तातोपानीको मूल्य पाँच सय !

प्रहरी भन्छ– ‘पानीबाहेक सबै खानेकुरा बोकेर आउँदा व्यवसायी मारमा’



काठमाडौं- विकसित मौसमी प्रणालीको असरले नेपालको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पर्‍यो । हिमपातका कारण अन्नपूर्ण फेरोको पदयात्रामा रहेका सयौँ पर्यटक प्रभावित भए । सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयले पर्यटकको उद्धारमा जुट्नु पर्‍यो । होटलको एकै हलमा पचासौँ जना पर्यटक बस्नुपर्ने बाध्यता आइलाग्यो । तर, निश्चित खर्च बोकेर गएका पर्यटक महङ्गीको मारमा परे ।

एक लिटर तातो पानीको मूल्य पाँच सय रुपैयाँ तिर्न बाध्य भए । धेरैले हिमाली क्षेत्रमा हिमपात परेर पर्यटक बिचल्लीमा परेपछि व्यवसायीले मनलाग्दी मूल्य बढाएको आरोप लगाए । कतिले साामजिक सञ्जालमा समेत मूल्यको बारेमा विरोध गरेको देखियो ।

जिल्ला प्रहरी कार्यालय मनाङ इन्चार्ज प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले पर्यटकहरुले दाबी गरे अनुसार मूल्य नबढेको बताउँछन् । खबरहबसँग कुरा गर्दै उनले भने, ‘व्यवसायीले खानामा मूल्य बढाएको भन्ने सुनेपछि हामीले बुझ्ने प्रयास गर्‍यौँ। हिमपात परेर समस्यामा फसेका पर्यटकलाई अर्को आर्थिक समस्या नआओस् भनेर बुझ्दा व्यवसायीले धेरै नाफा लिइएको पाइएन ।’

‘हिमाली क्षेत्रमा पानी, खाद्यान्न र दाउराको लागत नै महङ्गो पर्ने हुनाले मूल्य स्वभाविक हो । यहाँको सिजन भनेको अहिलेको तीन महिना र पछि अर्को तीन महिना हो । ६ महिना होटल बन्द गरेर स्टाफ पालेर बस्नुपर्छ, उनी थप्छन्, ‘लमजुङबाट खाङसारसम्मको प्रतिव्यक्ति भाडा दुई हजार रुपैयाँ छ । रिजर्भमा तीन हजारसम्म पनि पर्छ । खाङसारबाट तिलिचो हिँडेर ३ घण्टा लाग्छ । खच्चडमा बोकाएर दाउरा लाने हो । एक खच्चडले एक टिपमा दुई भारी दाउरा बोक्छ । ग्याँस पनि त्यसरी नै लाने हो ।’

अर्को, नेपाली पर्यटकले चाउचाउ, चिनी र कफी घरैबाट बोकेर लाने र होटलमा तातोपानी मात्रै किनेर खाइदिँदा पनि व्यवसायी मारमा परेको पौडेलको भनाइ छ । ‘यहाँ होटलमा बसेको शुल्क धेरै हुन्न । खानाबाटै व्यवसायीले नाफा कमाउने हो । तर पर्यटकले घरैबाट खानेकुरा बोकेर जाने, होटलमा बस्ने तर होटलमा किनेर केही नखाँदा व्यवसायीलाई घाटा हुने रहेछ ।’

‘तिलिचो बेस क्याम्पमा सादा खाना ८ सय र चिकेन खाना १२ सय छ । हिमाली क्षेत्रमा घुम्न आउँदा बजेट तयार गरेर हिँड्नुपर्छ । हिउँ परेर महङ्गो भएको होइन । एक लिटर तातो पानीको पाँच सय रुपियाँ लिन्छन्’ पौडेल भन्छन्, ‘भूगोल यति अप्ठ्यारो छ । एकपटक आएको पर्यटक दोस्रोपटक जाने हिम्मत गर्दैन । हिउँपहिरोको उत्तिकै डर हुन्छ । नियमन हुन्छ । तर लागत नै धेरै छ । केही नाफा कमाउने उद्देश्य व्यवसायीको हुन्छ । अफसिजन जस्तै वैशाख जेठको समयमा खाना खाएको बाहेक कोठामा सुतेको पैसा लाग्दैन ।’

हिमपात भएपछि करिब २ हजार हाराहारीमा पर्यटकलाई सुरक्षित गन्तव्यमा पुर्‍याइएको छ । सशस्त्र प्रहरी तालिम केन्द्रले उच्च हिउँमा उद्धार गर्ने टिमले गर्दै आएको छ । खाङसारबाट आफ्नो व्यवस्था गरेर फर्किएका छन् । त्यसैगरी, आइतबार मौसम खुला भएपछि तिलिचो बेससम्म पहिलेकै तालिका अनुसार खुला भइसकेको छ ।

फाइल फोटो

मौसम खराब नहुँदै कार्तिक ८ गते लेक लागेर तनहुँका राम थापा मगर (४४) र पर्यटकको भारी बोकेर फर्किने क्रममा लमजुङका डिलबहादुर गुरुङ(४८) को मृत्यु भएको छ । त्यसैगरी कार्तिक १२ हिम्लुङ हिमाल आरोहणका लागि आएका अष्ट्रेलियन नागरिकको मृत्यु भएको पौडेलले जानकारी दिए ।

‘हेलिकप्टर जान सक्ने स्थिति नभएका कारण उद्धारमा ढिलाइ भएको थियो । हिजो(शनिबार) सम्म पनि हिउँ परेर समस्या थियो । अन्य विभिन्न हिमाली क्षेत्रमा गएका विरामी पर्यटकको उद्धारलाई प्राथमिकता दिइएको पनि हो । आज आइतबार उनको शव ल्याइँदैछ’ उनले भने ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ५ : ०९ बजे

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ

सुकुम्वासीको पक्षमा एमाले, बस्ती हटाउने नाममा बल प्रयोग नगर्न सरकारलाई चेतावनी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले सुकुम्वासी बस्तीहरू जबरजस्ती

व्यवस्थापन प्रक्रियालाई सघाउन वास्तविक सुकुम्बासीलाई प्रहरीको आग्रह

काठमाडौं- सरकारले सुरु गर्न लागेको सुकुम्बासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल