सरकारलाई सर्वोच्चको आदेश : राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्नू « Khabarhub

सरकारलाई सर्वोच्चको आदेश : राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्नू


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले विभिन्न ११ मुलुकमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राजदूत फिर्ता निर्णय कार्यान्वयन नगर्न आइतबार सरकारका नाममा आदेश दिएको हो ।

गत असोज २० गते बसेको मन्त्रिपरिषद् बैठकले भारतबाहेक विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट हालेका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नियुक्त ११ देशका राजदूतहरूलाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको थियो ।

चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको थियो । तर सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मालाई भने फिर्ता बोलाएको थिएन ।

सरकारले फिर्ता बोलाएकामध्ये जापानस्थित दुर्गाबहादुर सुवेदी परराष्ट्र सेवाका कर्मचारी हन् । उनलाई ओली सरकारमा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदूत बनाएर पठाएकी थिइन् । अरू सबै राजदूत परराष्ट्र सेवाबाहिरका छन्।

ती सबै देशका राजदूतहरूलाई आगामी कात्तिक २० गतेभित्र देशमा फर्किसक्न निर्देशन दिइएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ५ : ०५ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त