अन्तिम बैठकमा गएनन् सम्मानित नेता खनाल र महासचिव भुसाल « Khabarhub

अन्तिम बैठकमा गएनन् सम्मानित नेता खनाल र महासचिव भुसाल

आठ दलको एकता सम्मेलनमा सहभागी हुने समाजवादीको निर्णय


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सकिएको छ।

सचिवालय बैठकले कात्तिक १९ गते आठ पार्टीहरूबीच हुन लागेको एकता सम्मेलनमा आफ्नो पार्टी पनि सामेल हुने निर्णय गरेको छ।

पार्टी नेता मेटमणि चौधरीका अनुसार बैठकमा महासचिव घनश्याम भुसाल र सम्मानित नेता झलनाथ खनाल उपस्थित थिएनन् ।

माओवादी लगायत आठ दलसँग एकीकरण गर्ने निर्णय एकीकृत समाजवादीले गरेसँगै समाजवादीका महासचिव भुसालसहित सम्मानित नेताहरू असन्तुष्ट छन्।

असन्तुष्ट पक्षले शुक्रबार छुट्टै भेला गरेर पार्टी एकीकरणमा नजाने बताएको थियो।

शुक्रबार खबरहबसँग कुरा गर्दै पार्टी महासचिव भुसालले एकीकृत समाजवादीको सचिवालय बैठक पछाडि आफूले के गर्ने भन्नेमा निर्णयमा पुग्ने बताएका थिए ।

तर शुक्रबार भएको सचिवालय बैठकमा उनी नगएपछि छुट्टै योजना बनाएको बुझिएको छ । भुसाल पार्टी पुनर्निर्माणमा अगाडि बढ्ने योजनामा छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ६ : १८ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार