विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल « Khabarhub

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ ।

आज यहाँ भएको बैठकमा गृह मन्त्रालयका तर्फबाट ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल, मन्त्रालयअन्तर्गतका कानुन महाशाखाका सहसचिव र प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष प्रा डा लेखनाथ शर्मा, डा दीपक खड्कासहितको टोली सहभागी भएको थियो ।

बैठकमा विदेशबाट मतदानको सम्भावना, मतदाता नामावली, मतदान प्रक्रिया र यसलाई सम्भव बनाउन आवश्यक संयन्त्र, कानुन र अन्य आवश्यकताबारे छलफल गरिएको जनाइएको छ ।

विदेशमा रहेका नागरिकको मतदानका विषयमा विद्यमान कानुनी अवस्था, अन्य मुलुकको कार्यान्वयन अनुभव र चुनौतीहरूबारे प्रारम्भिक छलफलका लागि प्रतिष्ठानलाई आमन्त्रण गरिएको गृह मन्त्रालयले जनाएको छ ।

बैठकमा ‘आउट अफ कन्ट्री भोटिङ’ का विषयमा नीति प्रतिष्ठानले अघि बढाएको अनुसन्धानको कार्यप्रगति र प्रयोग हुन सक्ने विधिहरू प्रस्तुत गरिएको थियो । विदेशमा हुने मतदान प्रक्रिया, हुन सक्ने सुरक्षा चुनौती, आवश्यक जनशक्ति र यसका कार्यान्वयनका लागि निर्माण हुनुपर्ने राजनीतिक वातावरण आदि विषयबारे पनि चर्चा भएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ८ : १६ बजे

ओलीको अस्पताल योजना लोकप्रियतामै सीमित : घोषणा ३९६, निर्माण ६५ 

काठमाडौं – नेपालमा गणतन्त्र आएपछि चार पटक प्रधानमन्त्री बन्ने अवसर

देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का

बाजुराका किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

बाजुरा– पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध यहाँका एक हजार ८०६

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितलाई मुआब्जा निर्धारण

तनहुँ– ऋषिङ गाउँपालिका– १ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

बालेन फेरि चुनावी अभियानमा झापामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साह