कांग्रेस विवादः महाधिवेशन मिति तोक्ने कसरतमा इतर, बहुमतको चेतावनी दिँदै संस्थापन समूह « Khabarhub

कांग्रेस विवादः महाधिवेशन मिति तोक्ने कसरतमा इतर, बहुमतको चेतावनी दिँदै संस्थापन समूह


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस १५औँ महाधिवेशनको मितिमा सहमति जुटाउन नसक्दा पार्टीभित्रको आन्तरिक द्वन्द्व सतहमा आएको छ। संस्थापन र संस्थापनइतर समूहबीचको रस्साकस्सीले केन्द्रीय समिति बैठकलाई बन्धक बनाएको छ भने युवा नेताहरूले पार्टी कार्यालयमै तालाबन्दी गरेर दबाब सिर्जना गर्न थालेका छन्।

गत २८ असोजदेखि जारी केन्द्रीय समिति बैठक पटक–पटक स्थगित हुँदै आएको छ। महामन्त्री गगन थापा बैठकमा सहभागी नहुँदा आइतबारको बैठक पनि स्थगित भई मंगलबारका लागि सारिएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमार्फत सहमति खोजे पनि निष्कर्ष निस्कन सकेको छैन।

संस्थापन पक्षले आगामी आमचुनावअघि महाधिवेशन सम्भव छैन भन्दै मिति २१ फागुनपछि सार्ने अडान लिएको छ भने गगन थापा र विश्वप्रकाश शर्मासहितले मंसिरमै नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने माग राखेका छन्।

यसबीच, विशेष महाधिवेशनका पक्षधरहरूले २९ असोजमा केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएर महाधिवेशन ढिलो गर्न खोज्ने नेतृत्वविरुद्ध खबरदारी थालेका छन्।
नेविसंघका पूर्वपदाधिकारीहरू लगायत युवानेताहरूले पार्टीमा ४० प्रतिशत युवाको प्रतिनिधित्व हुनुपर्ने माग अघि सारेका छन्।

पार्टीभित्र अब मिति विवादभन्दा पनि नेतृत्वको वैचारिक र कार्यशैलीगत संघर्ष गहिरिँदै गएको देखिन्छ। संस्थापन पक्षले ‘पहिले देशको संकट समाधान’को नाममा मिति धकेल्न खोज्दा, इतर पक्षले ‘लोकतान्त्रिक पार्टीमा निर्वाचन टार्न मिल्दैन’ भन्दै दबाब बढाइरहेका छन्।

महामन्त्री थापाले मंसिर २७–२९ र शर्मा ले पुस १६–१९ का मिति प्रस्ताव गरे पनि सहमति जुटेको छैन।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि थापा–शर्मा अहिलेको नेतृत्व बिदा गरी नयाँ नेतृत्व ल्याउन जोडबल गरिरहेका छन्। जेनजी आन्दोलनको क्रममा घाइते भएका सभापति शेरबहादुर देउवा र उनकी पत्नी उपचारका लागि बैंकक गइसकेका छन्। देउवाले जारी केन्द्रीय समितिको पहिलो बैठकबाटै कार्यवाहकको जिम्मा उपसभापति खड्कालाई दिएका हुन्।

अहिलेको केन्द्रीय समितिमा संस्थापा समूहको बहुमत रहेकोले यो समूह सबै निर्णय केन्द्रीय समितिबाटै गराउन चाहन्छ। अल्पमतमा रहेको इतर समूह भने पहिले मिति तोकेर बैठक अघि बढाउन चाहन्छ।

‘केन्द्रीय समिति हाम्रो सबैभन्दा ठूलो समिति हो यसले नै आवश्यक निर्णय गर्छ। बैठक नै सञ्चालन नगर्ने, बैठकमै नआउने गर्न त भएन नि’ पार्टी प्रवक्तासमेत रहेका संस्थापन समूहका नेता डा प्रकाशशरण महतले भने।

महाधिवेशत तालिका ल्याउने विषयमा सहमति नजुट्दा शुक्रबारको केन्द्रीय समिति बैठक महामन्त्री थापाले बहिष्कार गरेका थिए।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ९ : २६ बजे

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा