उद्योगको लाइन जोड्न मधेशका मुख्यमन्त्री सोनालले गराए ध्यानाकर्षण « Khabarhub

उद्योगको लाइन जोड्न मधेशका मुख्यमन्त्री सोनालले गराए ध्यानाकर्षण


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनालले उद्योगको लाइन अविलम्ब जोड्न प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन्।

आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुख्यमन्त्री–प्रधानमन्त्रीबीचको छलफलमा यस्तो ध्यानाकर्षण गराएको मुख्यमन्त्री सोनालले बताए।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उद्योगहरूको विद्युत् लाइन काटिँदा हजारौँ युवा बेरोजगार हुने स्थिति भएको भन्दै समस्याको तत्काल समाधान गर्न आग्रह गरिएको बताए।

उनले भने, ‘संघीय सरकारले प्रदेश सरकारलाई दिने अनुदानको सम्बन्धमा हाम्रो गहिरो सरोकार रह्यो। अर्थमन्त्रीले प्रदेशलाई दिने भनिएको कुनैपनि अनुदान सरकारले कटौती नगरेको स्पष्ट पार्नुभयो। प्रदेश सरकारहरूले प्रभावकारी तरिकाले काम गरून् भन्ने आफ्नो चाहना रहेको उहाँले भन्नुभयो। यो डेडिकेटेड लाइनको नाममा लाइन काटेर विभिन्न उद्योग बन्द गरिएको छ त्यस विषयमा पनि हाम्रो गहिरो चासो रह्यो।’

उनले संघीय सरकारले प्रदेश सरकारलाई दिने गरिएको अनुदान नकाटिएको जवाफ अर्थमन्त्रीबाट पाएको स्पष्ट पारे।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १० : ४५ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका