निर्वाचन हुँदैन भन्ने भ्रम नछर्न गृहमन्त्रीको आग्रह « Khabarhub

निर्वाचन हुँदैन भन्ने भ्रम नछर्न गृहमन्त्रीको आग्रह

'लोकतान्त्रिक पद्धतिमा निर्वाचन अपरिहार्य छ'


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धनगढी – गृहमन्त्री ओमप्रकाश अर्यालले केही थान हतियार र फरार कैदीबन्दी बाहिरै रहेको अवस्थामा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन हुन्न कि भन्ने शंका र भ्रम नछर्न आग्रह गरेका छन्।

गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा धनगढीमा मंगलबार सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्दघाटन समारोहमा मन्तव्य राख्दै उनले यस्तो बताएका हुन्।

गृहमन्त्री अर्यालले यो सरकारको मुख्य कार्यभार घोषित मितिमै भयरहित, स्वच्छ, स्वन्तन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्ने रहेको उल्लेख गर्दै यस्तो बताएका हुन्।

उनले भने, ‘कुनै पनि वहाना र शंकामा निर्वाचन नहुनु पर्ने कारण नै छैन। यो निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध छ र त्यसका लागि सम्पूर्ण शान्ति सुरक्षाको अवस्था बजबुद गरिंदै लागिएको छ।’

मन्त्री अर्यालले हाल देशभर चार हजार ५५२ कैद बन्दी फरार रहेको र ती मध्ये पनि कर्तव्य ज्यान र जघंन्य अपराधका धेरै न्यून रहेको र कुल ७२७ हात हितयार सरकारले फिर्ता ल्याइसकेको जानकारीसमेत गराएका छन्।

यस्तै मन्त्री अर्यालले अहिलेको सरकारको प्रमुख दायित्व विधिको शासन, हस्तक्षेप मुखी प्रशासन र भ्रष्टाचार शून्य सहनशीलता अन्त्य नै रहेको उल्लेख गरे।

सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री ओमप्रकाश अर्याल ।

‘कुशासन र वेथितिकाविरुद्ध जेन-जी युवाले उठाएका माग र भाद्र २३ र २४ गतेको घटना पश्चात्  सरकार र गृह प्रशासनले शान्ति सुरक्षा, अपराध नियन्त्रण,  सुशासन, सेवा प्रवाहको प्रभाकारिता र समन्वयात्मक कार्यमा निष्ठा पूर्वक कार्य गरिरहेका छौँ’, मन्त्री अर्यालले भने।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १० : ५९ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले