अर्थसंक्षेप : प्रभु बैंकमा सीआईबी पस्दा राष्ट्र बैंक निरीह, बैंकिङ क्षेत्र त्रसित, झिनो अंकले घट्यो नेप्से र इनरुवा सडकको ठेक्का तोडियो « Khabarhub

अर्थसंक्षेप : प्रभु बैंकमा सीआईबी पस्दा राष्ट्र बैंक निरीह, बैंकिङ क्षेत्र त्रसित, झिनो अंकले घट्यो नेप्से र इनरुवा सडकको ठेक्का तोडियो


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

झिनो अंकले घट्यो नेप्से, १२५ वटा कम्पनीको बढ्यो मूल्य

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.५३ अंकले घटेको छ । ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा झिनो अंकले घटेर नेप्से २६४४.७० बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएकामध्ये १२५ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो भने ११९ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आज १३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

सुनचाँदी बजारः सुन घट्यो, चाँदी बढ्यो

हुलाकी राजमार्ग : इनरुवा सडकको ठेक्का तोडियो

प्रभु बैंकमा सीआईबी पस्दा राष्ट्र बैंकको भूमिकामै प्रश्न, बैंकिङ क्षेत्र त्रसित

बैंकिङ कसुरको आरोपमा केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले आइतबार प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीनजना उच्च अधिकारीलाई पक्राउ गर्यो । सीआईबीले ती अधिकारीहरूमाथि थप अनुसन्धानका लागि सोमबार अदालतबाट ५ दिनको म्याद लिइसकेको छ ।

सीआईबीले प्रभु बैंकका सीईओ शेरचनसहित नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गर्‍यो ।

सीआईबीले कुसुम लामासहितको निवेदक बैंकका अधिकारीहरूमाथि ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको जनाएको छ ।

मन्त्री घिसिङले गरे निर्माणाधीन बाल अस्पतालको निरीक्षण

बेनी–जोमसोम–कोरला सडक : म्याग्दी खण्ड स्तरोन्नति

सडक खाल्डाखुल्डीरहित बनाउन विशेष अभियान (तस्बिरहरू)

सडक डिभिजन कार्यालय काठमाडौंले सहरी क्षेत्रका सडक खाल्डाखुल्डीरहित (पोटहोल फ्री) बनाउन विशेष अभियान सुरु गरेसँगै सडक मर्मतको काम तीव्र रूपमा अघि बढेको छ ।

डिभिजन कार्यालयले चक्रपथभित्रका सडकको मर्मत सम्पन्न गरी अब चक्रपथबाहिरका सडक मर्मततर्फ ध्यान केन्द्रित गरेको जनाएको छ ।

त्रियुगा नगरपालिकाको नयाँ भवन निर्माण

सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत

नारायणगढ–गैँडाकोट जोड्ने आइकोनिक पुल निर्माण सुरु

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ६ : ५९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल