‘पाकिस्तानमा एचआइभी सङ्क्रमितको सङ्ख्या दुई सय प्रतिशतले बढ्यो’   « Khabarhub

‘पाकिस्तानमा एचआइभी सङ्क्रमितको सङ्ख्या दुई सय प्रतिशतले बढ्यो’  


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पाकिस्तानको पूर्वी भूमध्यसागरीय क्षेत्रमा ह्युनन इम्युनोडेफिशियन्सी भाइरस (एचआईभी) को महामारी बढेको उल्लेख गर्दै पछिल्लो १५ वर्षमा नयाँ सङ्क्रमण २०० प्रतिशतले बढेको जनाइएको छ । 

सन् २०१० मा १६ हजार एचआइभी सङ्क्रमितको सङ्ख्या भएकोमा २०२४ मा यो सङ्ख्या बढेर ४८ पुगेको डब्ल्यूएचओले  जनाएको छ ।

यो जानकारी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युएनएड्सले विश्व एड्स दिवस मनाउन आयोजना गरेको कार्यक्रमका सहभागीहरू बिच सार्वजनिक गरेको हो । 

एचआइभीले विगतमा मुख्यतया उच्च जोखिममा रहेको मानिसहरूलाई असर गरेको भएता पनि हाल बालबालीका र वृद्धवृद्धा लगायत समग्र समुदायलाई असर गरिरहेको जनाइएको छ ।  

मुख्यतया असुरक्षित रक्त आदान प्रदान इन्जेक्सन, सङ्क्रमण रोकथाम र नियन्त्रणमा कमी, असुरक्षित यौन गतिविधि लगायतका कारणले एचआइभी को सङ्क्रमण बढ्दै गएको डब्लुएचओले जनाएको छ ।

डब्लुएचओ र युएनएड्सले पाकिस्तानको स्वास्थ्य मन्त्रालयसँग मिलेर यो दिवस मनाउन सहयोग गरेको जनाइएको छ । 

स्वास्थ्य मन्त्रालयका महानिर्देशक आयशा इसानीले यो रोगलाई एक्लैले सम्बोधन गर्न नसक्ने बताउँदै यसमा समुदाय र स्वास्थ्य नियामक अधिकारीहरू संलग्न हुनुपर्ने बताए । इन्जेक्सन र रगत संक्रमणमा असुरक्षित अभ्यासहरू हटाउन सामूहिक प्रयासहरू आवश्यक रहेको बताउँदै उनले चिकित्सकहरूलाई पनि संलग्न गरी पाकिस्तानी नागरिकलाई स्वस्थ र  एचआईभी मुक्त भविष्य प्रदान गर्ने बताए ।  

पाकिस्तानमा करिव तीन लाख ५० हजार व्यक्तिहरू एचआईभी सङ्क्रमित भएर बाँचिरहेको भएता पनि ८०५ प्रभावितलाई उनीहरूको आफ्नो स्थितिको बारेमा अन्जान रहेको जनाइएको छ । 

पछिल्लो दशकमा, पाकिस्तानमा एन्टीरेट्रोभाइरल थेरापी (एआरटी) प्राप्त गर्ने एचआईभी सङ्क्रमितहरूको संख्या आठ गुणाले बढेको तथा सन् २०१३ मा करिब छ हजार ५०० बाट २०२४ मा ५५ हजार ५०० पुगेको जनाइएको छ ।

एन्टीरेट्रोभाइरल थेरापी केन्द्रहरूको सङ्ख्या पनि सन् २०१० मा १३ बाट बढेर सन् २०२५ मा ९५ पुगेको जनाइएको छ । सन् २०२४ मा, डन पत्रिकाले एड्स रोगका कारण एक हजार १०० भन्दा बढीको मृत्यु भएको रिपोर्ट गरेको थियो ।

पछल्लो समयमा  नयाँ केशहरमा वृद्धि हुनुका साथै बच्चाहरूमा समेत यो रोगले असर गरेको जनाइएको छ भने एचआइभी सङ्क्रमणको जोखिममा बाँचिरहेका ०–१४ वर्षका ३८ प्रतिशत बच्चाहरूले मात्र उपचार प्राप्त गरिरहेको डनले जनाएको छ ।  

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ७ : ०० बजे

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

योग दिवसको सन्दर्भमा आयुर्वेद क्याम्पसमा योगअभ्यास

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवसको १२औँ संस्करण आगामी जुन २१ मा

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को