दयाराम स्मृति सम्मान शङ्कर लिम्बू र मानवअधिकार पुरस्कार पत्रकार मेनुका ढुङ्गानालाई « Khabarhub

दयाराम स्मृति सम्मान शङ्कर लिम्बू र मानवअधिकार पुरस्कार पत्रकार मेनुका ढुङ्गानालाई


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने दुईजनालाई यस वर्ष सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ।

आयोगको बैठकले २०८२ सालका लागि स्व. दयाराम परियार स्मृति सम्मान इलामका शङ्कर लिम्बूलाई र मानव अधिकार पुरस्कार अछामकी पत्रकार मेनुका ढुङ्गानालाई प्रदान गर्ने निर्णय गरेको हो।

आयोगका दिवंगत कर्मचारी दयाराम परियारको नाममा स्थापित स्मृति सम्मान शङ्कर लिम्बूलाई आदिवासी जनजातिको अधिकारका विषयमा लामो समयदेखि सक्रिय रूपमा अग्रसर भई काम गरेको योगदानको आधारमा प्रदान गर्न लागिएको हो।

मानव अधिकार पुरस्कार भने पत्रकार मेनुका ढुङ्गानालाई प्रदान गरिने छ। उनी दुर्गम क्षेत्र अछामबाट पत्रकारितामार्फत खासगरी महिला अधिकार, न्यायमा पहुँचबाट वञ्चित समुदायका मुद्दा र मानव अधिकारका विषयहरूलाई निरन्तर उठाउँदै आएकी छन्।

आयोगका सदस्य मनोज दुवाडीको संयोजकत्वमा गठन गरिएको सिफारिस समितिको प्रस्तावलाई आयोगको मंसिर १६ गते बसेको बैठकले अनुमोदन गरेको हो। सम्मान र पुरस्कार दुवैको राशी ५० हजार रुपैयाँ राखिएको छ। साथै सम्मानपत्र र प्रमाणपत्र समेत प्रदान गरिनेछ।

आयोगले उनीहरूलाई २०८२ मंसिर २४ गते अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमका बीच सम्मानित गर्ने बताएको छ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ७ : २३ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा