दयाराम स्मृति सम्मान शङ्कर लिम्बू र मानवअधिकार पुरस्कार पत्रकार मेनुका ढुङ्गानालाई « Khabarhub

दयाराम स्मृति सम्मान शङ्कर लिम्बू र मानवअधिकार पुरस्कार पत्रकार मेनुका ढुङ्गानालाई


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने दुईजनालाई यस वर्ष सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ।

आयोगको बैठकले २०८२ सालका लागि स्व. दयाराम परियार स्मृति सम्मान इलामका शङ्कर लिम्बूलाई र मानव अधिकार पुरस्कार अछामकी पत्रकार मेनुका ढुङ्गानालाई प्रदान गर्ने निर्णय गरेको हो।

आयोगका दिवंगत कर्मचारी दयाराम परियारको नाममा स्थापित स्मृति सम्मान शङ्कर लिम्बूलाई आदिवासी जनजातिको अधिकारका विषयमा लामो समयदेखि सक्रिय रूपमा अग्रसर भई काम गरेको योगदानको आधारमा प्रदान गर्न लागिएको हो।

मानव अधिकार पुरस्कार भने पत्रकार मेनुका ढुङ्गानालाई प्रदान गरिने छ। उनी दुर्गम क्षेत्र अछामबाट पत्रकारितामार्फत खासगरी महिला अधिकार, न्यायमा पहुँचबाट वञ्चित समुदायका मुद्दा र मानव अधिकारका विषयहरूलाई निरन्तर उठाउँदै आएकी छन्।

आयोगका सदस्य मनोज दुवाडीको संयोजकत्वमा गठन गरिएको सिफारिस समितिको प्रस्तावलाई आयोगको मंसिर १६ गते बसेको बैठकले अनुमोदन गरेको हो। सम्मान र पुरस्कार दुवैको राशी ५० हजार रुपैयाँ राखिएको छ। साथै सम्मानपत्र र प्रमाणपत्र समेत प्रदान गरिनेछ।

आयोगले उनीहरूलाई २०८२ मंसिर २४ गते अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमका बीच सम्मानित गर्ने बताएको छ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ७ : २३ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

निर्वाचन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ

आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र