एउटै वडाबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री « Khabarhub

एउटै वडाबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ।

उक्त वडामा रहेका सात वटा गाउँबाट उत्पादित १ करोड १३ लाख मूल्यको सुन्तला बिक्री भएको हो।

स्थानीय कृषक चप्पले थापाले आफूले १४ लाखभन्दा बढीको सुन्तला बिक्री गरेको बताए । सुन्तला उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका अधिकांश कृषक व्यावसायिक फलफूल र तरकारीखेतीतर्फ आर्कर्षित भएका उनले बताए।

सबैभन्दा धेरै ठिन गाउँबाट ५० लाखको सुन्तला बिक्री भएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार कुलुङबाट २६ लाख ३१ हजार, मरौटेबाट नौ लाख, नयाँ गाउँबाट आठ लाख, हर्कपुरबाट ६ लाख, केशवटार र रुम्सीबाट एक/एक लाखको सुन्तला बिक्री भएको छ।

वडाध्यक्ष श्रेष्ठले कृषकलाई फलफूल र तरकारीतर्फ व्यावसायिक बनाउन बिरुवा, बीउबिजन र कृषि सामग्रीमा अनुदान कार्यक्रमलाई प्रोत्साहन गरिँदै आएको बताए। उनले भने, ‘वडा कार्यालयबाट ५० प्रतिशत अनुदानमा आठ हजार सुन्तलाका बिरुवा वितरण गरेका थियौँ। ती बोटले पनि फल दिन सुरु गरेका छन्, आउँदो वर्षदेखि अझै उत्पादन बढ्नेछ।’

यहाँका २०० बढी किसान व्यावसायिक रूपमा फलफूल र तरकारीखेतीमा लागेका छन्। कृषक लुकबहादुर थापाले साढे चार लाख र नेत्र थापा चार लाखको सुन्तला बिक्री गरेको बताएका छन्। रासस

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १० : ५३ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था