इजरायली रक्षा कम्पनीका सीईओले भारतलाई दिए ‘बलियो साझेदार’ को संज्ञा « Khabarhub

इजरायली रक्षा कम्पनीका सीईओले भारतलाई दिए ‘बलियो साझेदार’ को संज्ञा


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायली रक्षा उद्योगका प्रमुख कार्यकारीले भारतलाई सबैभन्दा बलियो साझेदारको संज्ञा दिएका छन् । इजरायल एरोस्पेस इन्डस्ट्रिज (आईएआई) का प्रमुख कार्यकारी अधिकृत बोआज लेभीले भारतलाई आफ्नो कम्पनीको सबैभन्दा बलियोमध्येको साझेदारको संज्ञा दिएका हुन् ।

उनले रक्षा विकासमा जारी सहकार्यमा भारतको भूमिकाको प्रसंशा गर्दै दुई मुलुकबीच कायम बलियो साझेदारी कायमै रहने विश्वास व्यक्त गरेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उनले भारतले भविष्यमा रक्षा उपकरण प्राप्तिसम्बन्धी गर्ने कुनै पनि निर्णयलाई समर्थन गर्ने पनि उल्लेख गरेका छन् । हाल भारत र इजरायलले मानवरहित हवाइ उपकरण (ड्रोन) को विकासमा साझेदारी गरिरहेको भन्दै उनले भविष्यमा पनि सहकार्यलाई जारी राख्ने जनाए ।

उनले बाराक एमएक्स, हेरोनजस्ता महत्वपूर्ण ड्रोन प्रणालीको विकासमा भारतसँग पनि सहकार्य भइरहेको बताएका छन् । भारतले पाकिस्तानी भूमिमा रहेका आतङ्ककारी पूर्वाधारलाई लक्षित गरी सञ्चालन गरेको अपरेशन सिन्दुरका क्रममा हेरोन ड्रोनको सफलतापूर्वक प्रयोग गरेको थियो ।

भारतले इजरायलसँग थप परिमाणमा हेरोन ड्रोन खरिद गर्ने तयारी गरिरहेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ३ : २४ बजे

डडेलधुरा पुगेर माफी मागे सागर ढकालले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध सागर ढकालले डडेलधुरा पुगेर माफी

देशका विभिन्न स्थानमा हिमपात (तस्बिरहरू) 

काठमाडौं– देशका विभिन्न स्थानमा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि

अर्को युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ : ट्रम्प 

एजेन्सी– संयुक्त राज्य अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सार्वजनिक भाषणमा

विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई कांग्रेसको निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका