किम जोङ उनकी बहिनी पहिलो पटक सन्तानसँग देखिइन् « Khabarhub

किम जोङ उनकी बहिनी पहिलो पटक सन्तानसँग देखिइन्


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

पोङयाङ- उत्तर कोरियाका सर्वोच्च नेता किम जोङकी बहिनी किम यो जोङ पहिलो पटक सन्तानसँग देखिएकी छन् ।

जोङ र उनका सन्तानको तस्बिर उत्तर कोरियाली सञ्चारमाध्यममा प्रकाशित भएको छ । किम यो जोङ दक्षिण कोरियाविरुद्ध आक्रामक टिप्पणीका लागि चर्चित छिन् ।

कोरियन सेन्ट्रल टेलिभिजन (केसीटीभी) ले प्रमुख रूपमा एउटा भिडियो क्लिप देखाएको छ, जसमा किम एक बालक र बालिकासँग छिन्।

उनी अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा एउटा कार्यक्रममा जाँदै थिइन्। कोरियाली सञ्चारमाध्यममा किम आफ्ना सन्तानको साथमा रहेको उल्लेख गरिएको छ ।

किम यो जोङ एक दशकदेखि सार्वजनिक रूपमा विवाहको औंठी लगाएर देखिएकी त थिइन ।

तर सरकारी मिडियाले किम यो जोङलाई आमाको रूपमा देखाएको यो पहिलो पटक हो। सरकारी सञ्चारमाध्यमले सामान्यत: शीर्ष अधिकारीहरूको पृष्ठभूमि र व्यक्तिगत जीवनबारेमा जानकारी दिँदैन ।

तर, किम जोङ पनि पछिल्ला वर्षहरूमा खुलेर बोल्न थालेकी छन् । उनले आफ्नो र आफ्नो पार्टीको नीतिगत असफलता स्वीकार गरेकी छन् । किम यो जोङले कुनै दिन आफ्ना छोराछोरीलाई उनीहरूको वंशको आधारमा सरकारमा विशेष पद दिने सम्भावना छ ।

किम यो जोङ आधिकारिक रूपमा डब्लुपीके केन्द्रीय समिति प्रचार र आन्दोलन विभागको उप निर्देशकका रूपमा सेवामा कार्यरत रहेको प्रारम्भिक जानकारी दिइएको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १२ : ४१ बजे

भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

जिल्ला प्रशासन गुल्मीले भन्यो- बाढीपीडितका नाममा अनधिकृत ढङ्गले चन्दा सङ्कलन नगर्नू

गुल्मी– जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणसँग अनधिकृत चन्दा सङ्कलन नगर्न

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

रसुवा– रसुवागढी जलविद्युत् केन्द्रका इन्जिनियर टीका पौडेलले भोटेकोशीमा गएको बाढीपछि

सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध

सिन्धुपाल्चोक– नेपाली सेनाको यहाँस्थित इन्द्रध्वज गणले पाँच पोखरीमा लागेको धार्मिक

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं– अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग