इजरायलद्वारा लेबनानमा आक्रमण जारी « Khabarhub

इजरायलद्वारा लेबनानमा आक्रमण जारी


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

 तेल अभिव- इजरायली सेनाले दक्षिणी लेबनानमा थप आक्रमण सुरु गरेको छ । इजरायली सेनाले दक्षिणी लेबनानमा रातारात थप हमला गरेको बताएको छ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी एनएनएका अनुसार मध्यरातमा इजरायली सेनाले बानी हाइयान सहरको वरपर बमबारी गरेको हो । ‘अर्को आक्रमण केफर किलामा गरेको थियो, जसको आवाज दक्षिणभर सुनिएको थियो,’ एनएनले रिपोर्टमा भनेको छ ।

यसअघि इजरायली सेनाले मारुन अल रस सहरको बाहिरी भागमा रहेको आफ्नो स्थानबाट हेभी मेसिन गनका साथ बिन्ट जबेल सहरलाई  घेराउ गरिरहेको बताएको थियो। पछिल्लो हमलाबाट के कति हताहत भए ? सो बारेमा कुनै खुली सकेको छैन । 

आक्रमणहरू नोभेम्बरको अन्त्यदेखि जारी रहेको हिजबुल्लाहसँगको युद्धविरामको इजरायल सेनाले गरेको पछिल्लो उल्लङ्घनको रूपमा हेरिएको छ । -न्युजकारखाना

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  २ : ०३ बजे

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र

चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम

जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई