स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते « Khabarhub

स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन्  ।

आज सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा.प्र. ०२–०२८ प. ६६१० नं को स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सानोठिमी धुञ्चेपाखा बस्ने ३१ वर्षीय स्कुटर चालक निश्चल प्रकाशराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकी स्कुटरमा पछाडि सवार मृतक भण्डारीको श्रीमती २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पताल काठमाडौँमा उपचार भइरहेको उनले जानकारी दिए । 

मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं लगिएको र सवारीसाधन प्रहरी प्रभाग सानोठिमी भक्तपुरको नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान सुरु गरेको उनले जानकारी दिए  ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ५ : ४३ बजे

लागूऔषधको ‘सप्लाई–चेन ब्रेक’ गर्न गृहमन्त्री गुरुङको प्रहरीलाई निर्देशन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने

प्रतिनिधिसभा बैठक : पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई