सर्वोच्चका अधिकृतले १० लाख घुस लिएको आरोप, पैसा फिर्ता माग्दै निवेदन « Khabarhub

सर्वोच्चका अधिकृतले १० लाख घुस लिएको आरोप, पैसा फिर्ता माग्दै निवेदन


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतका एक कर्मचारीले मुद्दा जिताइदिन १० लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएको छ।

ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका निवासी सुशीला निरौलाले ती कर्मचारीलाई घुस आरोप लगाएकी हुन् ।

निरौलाले सर्वोच्च अदालत र विभिन्न कर्मचारी संगठनलाई लेखेको पत्रमा आफ्नो दिवंगत पतिको नाममा चलेको मुद्दा जिताइदिने वाचासहित ती कर्मचारिले घुस लिएको उनको जिकिर छ ।

यदि कथंकदाचित मुद्दा हारेमा उक्त घुसको पैसा फिर्ता गरिदिने शर्तमा ती कर्मचारीलाई १० लाख दिएको उनले पत्रमा उल्लेख गरेकी छन् ।

‘मेरा पति स्वर्गी श्री नारदप्रसाद गौतमसमेतको मुद्दाबारे सर्वोच्च अदालतमा कारबाही चलिरहेको अवस्थामा जिताइदिन्छु भन त्यस सेवामा काम गर्ने पुष्कर थापा नामका एक कर्मचारीले म निवेदकबाटमार्फत् अक्षरेपी दश लाख रुपैयाँ फिर्ता दिलाई पाउन फर्मको प्रतिलिपिहरू यसै साथ संलग्न राखेर पठाएकी छु,’ उनले निवेदनमा भनेकी छन् ।

उनले कर्मचारी युनियन, कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी संगठनलाई बोधार्थ दिएकी छन् । यसबारे थापाले आफूलाई केही कर्मचारी संगठनहरूले सोधपुछ गरेको बताउँदै अदालतमै निवेदन आएको थाहा नभएको बताए ।

आफूलाई आरोप लगाउने महिलासँग मुद्दा जिताउने भनेर पैसा नलिएको जिकिर थापाले गरेका छन् । आफूले एकजना चौहान थरका व्यक्तिमार्फत् १३ लाख रुपैयाँ ती महिलाका पतिलाई दिएको र अझै २ लाख रुपैयाँ फिर्ता पाउनै बाँकी बताए ।

ती महिलाले सापटी फिर्ता पठाएको भौचरलाई अहिले प्रमाण देखाएर आफ्नो बदनाम गराउन खोजेको थापाले बताएका छन् । थापाले अहिले आफू सर्वोच्चको फैसला कार्यान्वयन शाखामा कार्यरत रहेको पनि बताएका छन् ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ७ : ४९ बजे

लागूऔषधको ‘सप्लाई–चेन ब्रेक’ गर्न गृहमन्त्री गुरुङको प्रहरीलाई निर्देशन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने

प्रतिनिधिसभा बैठक : पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई