यो वर्ष ५९ लाख मेट्रिकटन धान उत्पादन हुने « Khabarhub

यो वर्ष ५९ लाख मेट्रिकटन धान उत्पादन हुने


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा ५९ लाख ५५ हजार ४७६ मेट्रिकटन धानबाली उत्पादन हुने प्रारम्भिक अनुमान गरेको छ ।

गत आवको तुलनामा चार दशमलव ०४ प्रतिशतले बढी उत्पादन हुने मन्त्रालयका प्रवक्ता डा. मतिना जोशी वैद्यले जानकारी दिइन्‌ । ‘वर्षे र चैते दुवै गरी कूल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको अनुमान छ, जुन गत आवको तुलनामा एक दशमलव २८ प्रतिशतले कम हो’, उनले भनिन्‌ ।

औसत उत्पादकत्व ४.१९ मेट्रिकटनप्रति हेक्टरमा पुगी हालसम्मको उच्च बिन्दु कायम भएको छ । प्रदेशगत रुपमा कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धान उत्पादन वृद्वि भएको छ । बाँकी तीन प्रदेशमा उत्पादन वृद्वि नकारात्मक रहन गएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो विश्लेषणअनुसार रुकुम (पश्चिम) मा धान बाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा कम हुँदा समग्र कर्णाली प्रदेशको उत्पादनमा कमी आएको हो ।

त्यसैगरी नवलपरासी (पूर्व) केही भागमा वर्षे धानको बाला नलाग्ने समस्या देखापरी उत्पादनमा कमी आएको र लमजुङमा धानबालीको क्षेत्रफलमा कमी हुँदा उत्पादन घटेको प्रवक्ता वैद्यले जानकारी दिइन्‌ । पछिल्ला वर्षमाझैँ यसवर्ष पनि चैते धानको उत्पादकत्व वर्षे धानको तुलनामा बढी छ ।

चालु आवमा मनसुन औसतभन्दा तीन दिन अगाडि सक्रिय भएको र सो अवधिमा औसत वर्षा गत आवको तुलनामा उच्च हुँदा वर्षे धान उत्पादनलाई सहयोग पुगेको मन्त्रालयले जनाएको छ ।

रासायनिक मल र उन्नत जातको धानको बीउ आयात गत वर्षको सोही अवधिको तुलनामा वृद्वि हुँदा पनि धान उत्पादन वृिद्ध भएको जनाइएको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ९ : १५ बजे

टुँडिखेललाई हरियाली र व्यवस्थित बनाउने काम तीव्र (तस्बिर)

काठमाडौँ– काठमाडौँको टुँडिखेललाई हरियाली र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास

नेपाल–चीन सीमा बैठकमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा

रसुवा– नेपाल र चीनबीचको नियमित सीमा समन्वय बैठक रसुवाको धुञ्चेस्थित

पोखराको अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

कास्की– पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको अँधेरीकुनाबाट

ट्राफिक कारबाहीः २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ – ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका

पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन

गण्डकी – पोखरा बसपार्क क्षेत्रभित्र रहेका घर पसललगायत सबै संरचना