इन्डोनेसियामा ३३ वर्ष यताकै बढी गर्मी « Khabarhub

इन्डोनेसियामा ३३ वर्ष यताकै बढी गर्मी


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इन्डोनेसियाले सन् २०२४ मा ३३ वर्ष यताकै तातो वर्ष अनुभव गरेको देशको मौसम एजेन्सीले जनाएको छ ।

इन्डोनेसिया अझै पनि जीवाश्म ईन्धन उर्जामा अत्यधिक निर्भर छ । यसलाई वैज्ञानिकहरूले विश्व तापमान वृद्धिको प्रमुख कारण भनेका छन् ।

देशको मौसम विज्ञान जलवायु विज्ञान तथा जियोफिजिक्स एजेन्सी (बीएमकेजी) ले शुक्रबार आफ्नो वेबसाइटमा सन् २०२४ मा औसत हावाको तापमान २७.५ डिग्री सेल्सियस (८१.५ फरेनहाइट) रहेको जनाएको छ ।

सन् १९९१ तथा सन् २०२० बीचको तुलनामा लगभग ०.८ डिग्री सेल्सियस बढी रहेको बताएको छ । हालसम्म देशभरका ११३ वटा अनुगमन पोष्टबाट तथ्याङ्क प्राप्त भएको छ ।

संयुक्त राष्ट्रसङ्घले सोमबार सन् २०२४ लाई विश्वभरकै सबैभन्दा तातो वर्ष बताएको छ । साथै, चीन र भारत दुवैले यो वर्ष आफ्नो दशककै सबैभन्दा तातो वर्ष भएको बताएका छन् ।

इन्डोनेसियामा गत वर्षको अप्रिल चार दशकभन्दा बढी यताकै सबैभन्दा तातो थियो ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १० : १८ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा