ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा इसाई युवा पक्राउ « Khabarhub

ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा इसाई युवा पक्राउ


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा ईश्वरको निन्दा गरेको आरोपमा एक जना युवा पक्राउ परेका छन् । पाकिस्तानको शाहिवाल क्षेत्रमा ईश्वरको निन्दा गरेको आरोपमा इसाई युवा पक्राउ परेका हुन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार उनले केही मानिसहरूको सामुन्ने ईश्वरको निन्दा हुने शब्द प्रयोग गरेका थिए । उक्त घटनापछि स्थानीय धार्मिक नेताहरूले नजिकैको प्रहरी चौकीमा उजुरी दिएका थिए ।

आरोपी व्यक्ति लागूऔषध दुर्व्यसनी र मानसिक रुपमा अस्थिर रहेको हुनसक्ने प्रहरीको आशङ्का छ । उनीविरुद्ध पाकिस्तान अपराध संहिताको २९५–ए र २९८–ए तथा प्रतिआतङ्कवाद कानुन १९९७ को धारा ७ अनुसार कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।

स्थानीय इसाई धर्मगुरुहरूले घटनाप्रति दुःख व्यक्त गर्दै आरोपीको स्वास्थ्य परीक्षण गर्न माग गरेका छन् । डनका अनुसार पछिल्ला १५ महिनामा शाहिवाल क्षेत्रमा ईश निन्दाका एक दर्जनभन्दा धेरै उजुरी परेको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  १२ : ३८ बजे

खुला केन्द्रीय सदस्यमा मात्रै उठेर जित्ने पोखरेल पक्षका एक्ला नेता झपट रावल

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली झन्

एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको

स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

काठमाडौं– सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने तथा दिगो विकास

वैदेशिक रोजगारी जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गरिने 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी जाने

साफ महिला क्लब च्याम्पियनसिप : फाइनलमा एपीएफ र इस्ट बंगालबीच प्रतिष्पर्धा हुने

काठमाडौं– साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा शनिबार एपीएफ फुटबल क्लब