सुदन किराती भन्छन्- प्रश्नको मृत्यु भयो भने पार्टीमा स्वेच्छाचारिता बढ्दै जान्छ « Khabarhub

सुदन किराती भन्छन्- प्रश्नको मृत्यु भयो भने पार्टीमा स्वेच्छाचारिता बढ्दै जान्छ


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले पार्टीभित्र प्रश्नको मृत्यु भएमा नेतृत्वको स्वेच्छाचारित बढ्ने बताएका छन् ।

ललितपुरमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

माओवादी केन्द्रीय सदस्यसमेत रहेका उनले अखिल क्रान्तिकारीको चुनावको सन्दर्भ कोट्याउँदै पार्टी विभाजनबारे चलाइएको हल्लालाई पनि अपवाह भनेका छन् । ती हल्लालाई गलत भन्दै उनले त्यसमा आपत्ति पनि जनाएका छन् ।

‘माओवादी पार्टी फुट्न पनि दिइने छैन, पार्टीभित्र प्रश्नको मृत्यु पनि हुन दिइने छैन’, उनले भने, ‘पार्टी फुटले सहिद, देश र जनतालाई धोका हुन्छ । पार्टीभित्र पश्नको मृत्यु भएमा स्वेच्छचारिता अझै बढ्दै जानेछ ।’

पूर्वपर्यटनमन्त्रीसमेत रहेका किरातीले इतिहासको अनुभवले पनि यस्ता दुवै प्रवृत्ति प्रवृत्तिलाई गद्धार र धोकेबाजका रुपमा ठहर गरिसकेको बताए ।

‘पार्टीमा स्वेच्छचारी नेतृत्वले सहिदको सपना पूरा गर्न सक्दैन । आजको देश र जनताको नेतृत्व पनि गर्न सक्दैन’, उनले भने, ‘त्यसैले दुवै प्रवृत्ति हामीलाई अस्वीकार्य हुन्छ । माओवादी फुट्दैछ भन्दै भट्टीमा बसेर हल्ला गर्ने पात्र र प्रवृत्तिहरू रक्सी खपत गरेर आफ्नै स्वास्थ्य बिगारिरहेको देख्दा दु:ख लाग्छ ।’

उनले प्रश्नबिनाको पार्टी र इन्धनबिनाको साधन दुवै गन्तव्यमा पुग्न नसक्ने पनि बताए । ‘आजका कार्यकर्ता यति कुरामा प्रष्ट हुनै पर्छ’, उनले भने, ‘तर प्रश्न यान्त्रिक, पूर्वग्राही र निरपेक्ष हुनु भएन ।’

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  १ : २३ बजे

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ