शुभांशु शुक्ला अन्तरिक्षमा जाने दोस्रो भारतीय हुँदै « Khabarhub

शुभांशु शुक्ला अन्तरिक्षमा जाने दोस्रो भारतीय हुँदै


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतीय वायुसेनाका अधिकृत शुभांशु शुक्ला नासाको एक्सियोम ४ मिसनका लागि पाइलटका रूपमा छनोट भएका छन् । 

उनी चाँडै नै स्पेस एक्स ड्र्यागन अन्तरिक्ष यानसँग अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जाँदैछन् । र, यसका साथै शुभांशु अन्तरिक्षमा प्रवेश गर्ने दोस्रो भारतीय हुनेछन् ।

उनीभन्दा अगाडि विङ कमाण्डर राकेश शर्मा सन् १९८४ अप्रिलमा अन्तरिक्ष पुगेका थिए । शुभांशु शुक्ला भारतीय वायुसेना अधिकारी हुन् । उनको मिसन १४ दिनसम्म रहनेछ । यस मिशनको उद्देश्य अनुसन्धान गर्नु हो । पेग्गी ह्वाइटसन यस मिसनको कमान्ड हुनेछन्। 

शुभांशु शुक्ला एक्सियम मिसन ४ को पाइलट हुनेछन् । शुभांशु शुक्ला इसरोको मिसन गगनयानका लागि तालिम लिइरहेका छन् ।

एक्जिमले भने, ‘नेशनल एरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट एक्स–४ मा सन् २०२५ भन्दा पहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा जानेछन् ।’

शुभांशु शुक्लाले पनि भने, ‘म यो मिसनबाट निकै उत्साहित छु । आशा छ, मैले पाएको तालिमले यो मिसनलाई राम्ररी पूरा गर्न सक्छु।’

भारतीय वायुसेनामा सेवारत समूह क्याप्टेन शुभांशु शुक्लालाई पनि इशोरोले भारतको गगनयान मिशनको लागि अन्तरिक्ष यात्रीको रूपमा चयन गरिसकेको छ ।

इशोरोले ले नै उनलाई एक्स–४ मिशनको लागि नासा पठाएको हो। समूह क्याप्टेन शुभांशु शुक्लाले एनडीटीभीलाई बताए कि उनी माइक्रोग्रेभिटीमा गएर अन्तरिक्ष उडानको अनुभव गर्न निकै उत्साहित छन् । मिसनको गति हरेक महिना बढ्दै छ । उनीहरूलाई लाग्छ कि यो फेज हो, जहाँ सबै कुरा मिलिरहेको छ। -न्युजकारखानाबाट

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  १ : ४२ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक