च्याटजीपीटीका लागि नयाँ ‘डिप रिसर्च’ टूल घोषणा « Khabarhub

च्याटजीपीटीका लागि नयाँ ‘डिप रिसर्च’ टूल घोषणा


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

टोकियो– चीनको डीपसीक च्याटबटले एआई क्षेत्रमा प्रतिस्पर्धा तीव्र पारेसँगै अमेरिकी टेक दिग्गज ओपन एआईले सोमबार टोकियोमा उच्च–स्तरीय बैठकहरू अघि ‘डीप रिसर्च’ नामक  च्याटजीपीटी टूल सार्वजनिक गरेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स ढकृत्रिम बौद्धिकता–एआईण को नवागन्तुक डीपसीकले सिलिकन भ्यालीलाई तरङ्गित पारेको छ । केहीले यसको उच्च कार्यसम्पादन र कथित कम लागतलाई अमेरिकी डेभलपरहरूका लागि जागरण आह्वान भनेका छन् ।

ओपन एआईको नयाँ टुलले ‘एउटा मानिसलाई धेरै घन्टा लाग्ने कामलाई दश मिनेटमै पूरा गर्छ ।’ यसको च्याटजीपीटीले सन् २०२२ मा जनचेतनामा जेनेरेटिभ एआईको उदयलाई अगाडि बढाएको थियो ।

‘तपाईँले यसलाई एउटा प्रम्प्ट दिनुहोस् र च्याटजीपीटीले सयौँ अनलाइन स्रोतहरू खोज्ने, विश्लेषण गर्ने र संश्लेषण गरी अनुसन्धान विश्लेषकको स्तरको व्यापक प्रतिवेदन तयार गर्नेछ’, कम्पनीले विज्ञप्तिमा भनेको छ ।

प्रत्यक्ष प्रसारण गरिएको भिडियोमा ओपनएआई शोधकर्ताहरूले कसरी उपकरणले जापानमा हिउँको छुट्टीका लागि स्की उपकरणहरू सिफारिस गर्न मद्दत गर्न वेब खोजी डेटालाई क्रन्च गर्न सक्छ भनेर देखाएका थिए ।

ओपन एआईका प्रमुख साम अल्टम्यानले ‘प्रो’ च्याटजीपीटी प्रयोगकर्ताहरूले महिनामा एक सय पटक पहुँच गर्न सक्ने गहन अनुसन्धान ‘गणना–गहन र ढिलो’ भएको बताएका थिए ।

‘तर यस्तो विस्तृत प्रकारका जटिल, मूल्यवान् कार्यहरू गर्न सक्ने यो पहिलो एआई प्रणाली हो’, उनले सामाजिक मिडिया प्लेटफर्म एक्समा लेखेका छन् ।

अल्टम्यान टोकियोमा छन्। टोकियामा उनले सोमबार जापानका प्रधानमन्त्री शिगेरु इशिबा र जापानी टेक लगानी दिग्गज सफ्टब्यांक ग्रुपका प्रमुख मासायोशी सनसँग भेट्ने कार्यक्रम छ ।

अल्टम्यान र सनले सोमबार टोकियोमा करिब पाँच सय व्यवसायसँग एक फोरम पनि आयोजना गर्नेछन् जसमा उनीहरूले जापानको एआई पूर्वाधारलाई बढावा दिने योजनाहरू घोषणा गर्ने अपेक्षा गरिएको छ ।

निक्केई व्यवसाय दैनिकका अनुसार यसमा लगानीको मात्रा निर्दिष्ट नगरी एआई डाटा सेन्टरहरू र तिनीहरूलाई सञ्चालन गर्न पावर प्लान्टहरू निर्माण गर्ने समावेश हुनेछ ।

सफ्टब्यांक र ओपनएआई संयुक्त राज्य अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स पूर्वाधारमा पाँच खर्ब डलर लगानी गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको स्टारगेट अभियानको हिस्सा हुन् ।

जापानी प्रधानमन्त्री इशिबा यस हप्ताको अन्त्यमा नेताहरूको पहिलो व्यक्तिगत बैठकका लागि ट्रम्पसँग भेट्न वासिङ्टन जाने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  १ : ४९ बजे

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण