स्थापना दिवस मनाउन मंगलबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा | Khabarhub Khabarhub

स्थापना दिवस मनाउन मंगलबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशले मंगलबार स्थापना दिवस मनाउने भएको छ । यसअघि प्रदेश सभा र गण्डकी प्रदेश सरकारले अलगअलग कार्यक्रम गरी फरक मितिमा दिवस मनाउँदै आएका थिए ।

गण्डकी प्रदेश सभाको पहिलो बैठक २०७४ माघ २२ गते बसेको थियो । २०७४ फागुन ४ गते पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा सरकार गठन भएको थियो ।

प्रदेश सभाको पहिलो बैठक बसेकै दिनलाई प्रदेश दिवसका रुपमा मनाउने निर्णय सरकारले गरेको हो । सरकारले स्थापना दिवसका दिन भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । यसको निर्णयका लागि आज बिहान १० बजे बसेको मन्त्रिपरिषदको बैठकले बिदा दिएको हो ।

बैठकअघि मन्त्रीहरुलाई प्रदान गरिएको प्रस्तावमा बिदाको विषय समेत समेटिएको थियो। ती मन्त्रीका अनुसार घरेलु मदिरासम्बन्धी विधेयकसहित २ विधेयक प्रदेश सभामा पेस गर्ने, वार्षिकोत्सवका अवसरमा कर्मचारीहरुलाई प्रदान गरिने पुरस्कारबारे समेत मन्त्रिपरिषदले निर्णय गरेको छ ।

प्रदेश दिवस मनाउनका लागि मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बसेको बैठकले प्रमुख सचिव रघुराम बिष्टको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

समितिमा प्रदेश सभाका सचिव हरिराज पोख्रेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम गौतम, सामाजिक विकास मन्त्रालयका सचिव नवराज ढकाल र प्रदेश सभा सचिवालयका उपसचिव प्रेम सुवेदी छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतित्थ्यतामा भोलि माघ २२ गते ११ बजे प्रदेश सभा सचिवालय परिसरमा कार्यक्रम गरिने प्रमुख सचिव बिष्टले बताए ।

प्रदेशभरका उत्कृष्ट कार्यालय र कर्मचारीलाई पुरस्कृत गरिने कार्यक्रममा प्रदेश सरकारका ७ वर्षे उपलब्धि समेटेर तयार पारिएको पुस्तक सार्वजनिक गरिनेभएको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  २ : ४५ बजे

तुइनखोलाको पहिरो हटाएपछि दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक

चितवन – मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको

प्रचण्ड भन्छन् : पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पुर्‍याउँछौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

जेनजी आन्दोलनमा हराएका हातहतियार असोज मसान्तभित्र बुझाउन गृहको आग्रह

काठमाडौं – गृह मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा हराएका हातहतियार र

ओलीको प्रश्न : के भ्रष्टाचार नगर्नु मेरो अपराध हो ?

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवाहरूले

साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं – नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।