स्थापना दिवस मनाउन मंगलबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा « Khabarhub

स्थापना दिवस मनाउन मंगलबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशले मंगलबार स्थापना दिवस मनाउने भएको छ । यसअघि प्रदेश सभा र गण्डकी प्रदेश सरकारले अलगअलग कार्यक्रम गरी फरक मितिमा दिवस मनाउँदै आएका थिए ।

गण्डकी प्रदेश सभाको पहिलो बैठक २०७४ माघ २२ गते बसेको थियो । २०७४ फागुन ४ गते पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा सरकार गठन भएको थियो ।

प्रदेश सभाको पहिलो बैठक बसेकै दिनलाई प्रदेश दिवसका रुपमा मनाउने निर्णय सरकारले गरेको हो । सरकारले स्थापना दिवसका दिन भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । यसको निर्णयका लागि आज बिहान १० बजे बसेको मन्त्रिपरिषदको बैठकले बिदा दिएको हो ।

बैठकअघि मन्त्रीहरुलाई प्रदान गरिएको प्रस्तावमा बिदाको विषय समेत समेटिएको थियो। ती मन्त्रीका अनुसार घरेलु मदिरासम्बन्धी विधेयकसहित २ विधेयक प्रदेश सभामा पेस गर्ने, वार्षिकोत्सवका अवसरमा कर्मचारीहरुलाई प्रदान गरिने पुरस्कारबारे समेत मन्त्रिपरिषदले निर्णय गरेको छ ।

प्रदेश दिवस मनाउनका लागि मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बसेको बैठकले प्रमुख सचिव रघुराम बिष्टको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

समितिमा प्रदेश सभाका सचिव हरिराज पोख्रेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम गौतम, सामाजिक विकास मन्त्रालयका सचिव नवराज ढकाल र प्रदेश सभा सचिवालयका उपसचिव प्रेम सुवेदी छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतित्थ्यतामा भोलि माघ २२ गते ११ बजे प्रदेश सभा सचिवालय परिसरमा कार्यक्रम गरिने प्रमुख सचिव बिष्टले बताए ।

प्रदेशभरका उत्कृष्ट कार्यालय र कर्मचारीलाई पुरस्कृत गरिने कार्यक्रममा प्रदेश सरकारका ७ वर्षे उपलब्धि समेटेर तयार पारिएको पुस्तक सार्वजनिक गरिनेभएको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  २ : ४५ बजे

बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग

लमजुङ- वर्षायामसँगै घटेको अन्नपूर्ण पदमार्गको पर्यटक आगमन पछिल्लो दुई सातायता

अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

तेहरान- इरानको विदेश मन्त्रालयले सोमबार दक्षिण कोरियालाई होर्मुज जलसन्धिमा अमेरिकी

बाढीमा आफन्त हराएकाहरू भन्छन्- गृहमन्त्रीज्यू, अक्सिजन बोक्ने हामी छौँ, तपाईं स्टन्ट रोकेर काम गर्नुस्

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

खानेपानीको मूल सुक्दै गएपछि पुनर्जीवित कार्यक्रमको सुरुवात

काभ्रेपलाञ्चोक– पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान