बाँकेमा ३६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै « Khabarhub

बाँकेमा ३६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेमा ३६ हजार ९५० किशोरी तथा बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय, बाँकेले सोमबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सो जानकारी दिइएको हो । 

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख अङ्गतबहादुर शाहीका अनुसार खोप लगाइने लक्षित समुदायमा राप्तीसोनारीमा तीन हजार १८३, कोहलपुरमा सात हजार ४४८, बैजनाथमा चार हजार ११४, खजुरामा पाँच हजार ८७२, जानकीमा एक हजार ९५०, नेपालगञ्जमा नौ हजार ३१९, डुडुवामा दुई हजार ५८४ र नरैनापुरमा दुई हजार ४८० किशोरी तथा बालिका रहेका छन् । 

पहिलो चरणमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकाका २२ हजार ५८९ किशोरी तथा बालिकालाई यही माघ २२ गतेदेखि आगामी फागुन १ गतेसम्म खोप लगाइने उनले बताए ।  

दोस्रो चरणमा माघ ३० गतेदेखि राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका १२ हजार ३६१ किशोरी र बालिकालाई खोप लगाउने लक्ष्य छ ।  

प्रमुख शाहीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने पहिलो चरणको तयारी पूरा भएको जानकारी दिँदै १० वर्षदेखि १४ वर्षसम्मका किशोरी तथा बालिकालाई खोप लगाउन लागिएको बताए । 

सो अवसरमा जिल्ला समन्वय समितिका, बाँकेका सभापति ज्ञानेन्द्र चौधरीले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गर्दै यो सबैको साझा दायित्व भएको बताए। 

नेपालगञ्जका फिजिसियन डा. राजन पाण्डेले सबै क्यान्सरविरुद्ध खोप नभएको तर यसमा खोप लगाएर बचाउन सकिने जानकारी दिँदै भ्याक्सिन सुरक्षाकवच भएको बताए। 

स्वास्थ्य कार्यालयका खोप सम्पर्क व्यक्ति नरेशबाबु श्रेष्ठले पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी भाइसरविरुद्ध जिल्लामा सञ्चालन हुने खोप अभियानमा सिकोलिन खोप उपलब्ध हुने जानकारी दिए । 

उनले नेपालगञ्जमा मौलाना, इमाम र मदरसाका शिक्षकसँग खोपका विषयमा छलफल गरिएको उल्लेख गर्दै विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरी र बालिकालाई खोप लगाइने बताए। 

जिल्लामा ३७८ विद्यालयमा अध्ययनरत किशोरीलाई खोप लगाउन ४५९ खोप केन्द्र तोकिएका छन् । खोपकेन्द्र तीन सय ७८ विद्यालयमा र ८१ अन्यत्र रहेका छन् । 

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ४ : ०९ बजे

सुनकोशीमा दम्पती हराएको २४ घण्टा नबित्दै महिलाले तामाकोसीमा हाम फालिन्

काठमाडौं– दोलखाको तामाकोशी पुलबाट हाम फालेकी एक महिलाको मृत्यु भएको

तोडफोड र आगजनीपछिको मस्जिद (तस्बिरहरू)

काठमाडौं– सिरहाको गोलबजारस्थित चौहर्वा जामे मस्जिद आन्दोलनका क्रममा भएको तोडफोड

कोइराला निवासका लागि छुट्याइएको २ करोड रुपैयाँ लिन मानेनन् शेखरले 

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासको

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो