पर्वतको जलजलामा दश शय्याको अस्पताल निर्माण « Khabarhub

पर्वतको जलजलामा दश शय्याको अस्पताल निर्माण


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको जलजला गाउँपालिका–३ मल्लाज माझफाँटको भुरतुलामा १० शय्याको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

‘एक पालिका, एक अस्पताल’ कार्यक्रमअन्तर्गत जलजला गाउँपालिकाले मल्लाज स्वास्थ्य चौकी परिसरमा तीन वटा पक्की भवन निर्माण गरेको हो । भवनको ९५ प्रतिशत निर्माण कार्य पूरा भएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए ।

भवनको लागत मूल्य अभिवृद्धि करसहित नौ करोड ७३ लाख ६४ हजार ८१३ छ । पालिकालाई भवन हस्तान्तरण भएपछि सङ्घीय सरकारको सहयोगमा उपकरण र जनशक्ति व्यवस्थापन गरी अस्पताल सञ्चालन गर्ने योजना उपाध्यक्ष आचार्यले सुनाए ।

अस्पताल सञ्चालन भएपछि जलजला गाउँपालिकाको १, २, ३, ४, ५ र ६ नम्बर वडामा पर्ने बाँसखर्क, माझफाँट र लेकफाँट, शालिजाका बासिन्दाका साथै आसपासका क्षेत्रका सर्वसाधारण लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ७ : ४८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको