स्वयम्भूस्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार  « Khabarhub

स्वयम्भूस्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार 


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूस्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ ।

स्वयम्भूको संरक्षण गर्दै आएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले दुवै मन्दिर चर्किएर जोखिममा परेपछि करिब एक वर्षको समयावधिमा आवश्यक मर्मतसम्भार तथा जीर्णोद्धार गरेको हो ।

पुरातत्व विभागले पुरानै स्वरुपमा मर्मत गर्नका लागि महासमितिलाई अनुमति दिएपछि नयाँ प्रविधिको प्रयोग गरी मर्मतसम्भार तथा रङरोगनको कार्य पूरा गरेको महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए ।

विसं २०७२ को भूकम्पका कारण सो मन्दिरमा क्षति पुगेको थियो । प्रताप मल्लले निर्माण गरेको ती सम्पदा ऐतिहासिक तथा पुरातात्विक महत्त्वका सम्पदास्थल हुन् ।

राजा प्रताप मल्लले आफ्नो नामबाट सो मन्दिरलाई प्रतापपुर राख्न लगाएका थिए भने रानी अनन्तप्रियाको सम्झनामा अनन्तपुर मन्दिर निर्माण गराएको इतिहास पाइन्छ ।

त्यस क्षेत्रका चैत्य तथा प्राचीन महत्त्वका अन्य सम्पदा जीर्णोद्धारका लागि पुरातत्व विभाग र महासमितिले अध्ययन गरिरहेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी  दिए ।

ती सम्पदाको यसअघि आगलागी र चट्याङका कारण क्षति पुगेपछि जीर्णोद्धार गरिएको थियो । महासमितिले स्थानीय जात्रा पर्व मेला सञ्चालन तथा स्वयम्भू क्षेत्रको जङ्गल संरक्षणका लागि बिरुवा रोप्ने तथा पार्कको सजावट गर्दै आएको छ ।

महासमितिका इञ्जिनियर राजेश सुवालले करिब २० लाखको लागतमा ती सम्पदाको जीर्णोद्धार गरिएको बताउँदै महाचैत्य आसपास क्षेत्रमा रहेको अन्य सम्पदा मर्मतका लागि अध्ययन भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १२ : २५ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित