अध्यादेशविरुद्ध कांग्रेसकै नेता, मीन विश्वकर्मा भन्छन्- यही अवस्थामा पारित हुँदैन « Khabarhub

अध्यादेशविरुद्ध कांग्रेसकै नेता, मीन विश्वकर्मा भन्छन्- यही अवस्थामा पारित हुँदैन


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले यथास्थितिमा सरकारले ल्याएका अध्यादेश पारित हुने अवस्था नरहेको बताएका छन् ।

सोमबार रिपोर्टर्स क्वल नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले सरकारले अध्यादेश ल्याउने अवस्थामा कांग्रेससँग छलफल गरे पनि संसद्‍मा लैजाँदा पार्टीहरूबीच असन्तुष्टि आउँदा पारित नहुने अवस्था आएको बताए ।

विश्वकर्माले अहिलेको गठबन्धन २०८४ को निर्वाचनसम्म कायम रहने दाबीसमेत गरे ।

नेता विश्वकर्माले पछिल्लो समय कांग्रेस चलयामान बन्दै गइरहेको पनि बताए ।

अहिलेको अवस्थामा ५५ वटा विभाग निर्माण गरी ७७ वटै जिल्लामा निरन्तर कार्यक्रमहरू भइरहेको उहाले बताए ।

कांग्रेसको महाधिवेशनसम्बन्धी सञ्चारकर्मीको प्रश्नमा विश्वकर्माले तोकिएको समयमै महाधिवेश हुने बताउँदै अहिले पार्टिभित्रका गुट तथा पक्ष अब नहुने तर्क गरे ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएसएआईडीसहितको वैदेशिक सहयोग रोक्ने निर्णय केही समयको चुरीफुरी मात्रै रहेको बताएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १२ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै