नेताहरूबीचको मतभेद अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्छ : सभापति देउवा « Khabarhub

नेताहरूबीचको मतभेद अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्छ : सभापति देउवा


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूबीच देखिएको आपसी मतभेदलाई छलफलका माध्यमबाट अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्ने बताएका छन्। 

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबारदेखि रूपन्देहीको भैरहवामा सुरु गरेको आयोजनामा प्रशिक्षण कार्यक्रममा उनले आपसी मतभेद छलफलका माध्यमबाट अन्त्य गरेर कांग्रेसलाई जीवन्त बनाउनुपर्ने बताएका हुन् । 

‘हाम्रो बीचमा अनेक किसिमका मतभेद हुन सक्छन् । हाम्रो बीचमा कति कुरा नमिलेका हुन सक्छन्,’ सभापति देउवाले भने, ‘ती सबै कुराहरू हामीले आपसमा छलफल गरेर, मतभेद हटाएर पार्टीलाई जीवन्त भाइब्रेन्ट डेमोक्रेटिक पार्टीका रूपमा अगाडि बढाउनु पर्छ ।’ 

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले कांग्रेसलाई चलायमान बनाउनु नेताहरूको काम नै भएको पनि बताए । ‘हाम्रो काम पनि त्यही हो,’ उनले भने । 

सभापति देउवाले कांग्रेसलाई जीवन्त बनाउन सके देशभित्र पार्टीका प्रतिको आकर्षण बढ्ने र देश बाहिर पार्टीका प्रति सम्मान हुने पनि बताए ।   

‘हामीले पार्टीलाई जीवन्त बनाउन सक्यौँ भने हाम्रो पार्टीका प्रति अझ बढी आकर्षण बढ्ने छ,’ देउवाले भने, ‘देश बाहिर पनि हाम्रो पार्टी नेपाली कांग्रेसका प्रति सम्मान हुनेछ ।’

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको प्रशिक्षण प्रतिष्ठानले भैरहवामा कांग्रेसका क्षेत्रीय सभापतिहरूको प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । दुई दिनसम्म चल्ने प्रशिक्षणमा देशभरका क्षेत्रीय सभापति, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति, प्रशिक्षण शाखाका प्रमुख गरेर ३३० जना प्रशिक्षणका सहभागी रहेका बताइएको छ । 

यस्तै लुम्बिनी प्रदेशका सांसद, मन्त्री र जिल्ला सभापतिहरू पनि कार्यक्रममा सहभागी छन् । यसअघि कांग्रेसले माघ २१ गते सातवटै प्रदेशका सभापति तथा २२ र २३ गते कास्कीको पोखरामा ७७ वटै जिल्लाका सभापति र जिल्लाका प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीमा रहेका उपसभापतिलाई प्रशिक्षण दिएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १२ : ४० बजे

जनताको निराशाबारे मनिष झाको टिप्पणी- सकारले अब कालो चस्मा खोल्नुपर्छ, आगो मात्रै निभेको हो, दाउरा निभेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह

नेपालभर ९५.५ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिममा शतप्रतिशत

काठमाडौं– नेपालमा यस वर्षको मुख्य बाली धानको रोपाइँ अन्तिम चरणमा

सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय

काठमाडौं– सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन,

काठमाडौंमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक

करिब १ हजार ३ सय १५ किलो गाँजा बरामद

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब १