सडक विभागकै सामुन्ने लथालिङ्ग फुटपाथ, छैन पैदल यात्रीलाई ठाउँ (तस्बिरहरू) « Khabarhub

सडक विभागकै सामुन्ने लथालिङ्ग फुटपाथ, छैन पैदल यात्रीलाई ठाउँ (तस्बिरहरू)


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको बबरमहल क्षेत्रको फुटपाथ अस्तव्यस्त बनाइएको छ। बिजुलीका तार भूमिगत गर्न र फुटपाथ विस्तारका नाममा भत्काएर अलपत्र छाडिएपछि पैदल यात्रीलाई हिँड्ने ठाउँ पनि छैन ।

काठमाडौंको मुख्य सडकखण्डमध्ये एक बबरमहलको फुटपाथ सुधारका नाममा अस्तव्यस्त बनाएर छाडिएको छ।

पैदलयात्रीलाई सहजरुपमा हिँड्ने सुविधाका लागि बनाउन सुरू गरिएको यो योजना निर्माणका क्रममा रोकिएपछि झन् जोखिमपूर्ण भएको छ। अहिले पैदल यात्रु झन् जोखिम मोलेर सडकको छेउछाउबाट हिँड्न बाध्य छन् ।

सडक विभागले फुटपाथ सुधारका लागि पुरानो संरचना भत्काएको हो । निर्माण कार्य महिनौँदेखि अलपत्र छोडिँदा सर्वसाधारणलाई सास्ती भएको छ ।
अदालत, जिल्ला प्रशासन कार्यालयसहित रहेको बबरमहल क्षेत्र मानिसको अत्यधिक चाप हुने क्षेत्र हो । यो खण्ड सिंहदरबारनजिकै पर्छ । जहाँ नीति-निर्मातादेखि उच्चपदस्थ अधिकारीहरूको नियमित आवतजावत भइरहन्छ ।

अहिले फुटपाथ प्रयोग गर्नै गाह्रो भएको छ। आधा भत्किएको, फोहोरले भरिएको र अव्यवस्थित बनेपछि पैदलयात्री सडकबाटै हिँड्न बाध्य भएका छन् ।

बबरमहलमै सडक विभागको केन्द्रीय कार्यालय पनि छ । जहाँबाट सडक मर्मत तथा निर्माणको योजना अघि बढाइन्छ । तर, आफ्नै चोकको हालत दयनीय हुँदा पनि विभागको कान ठाडा भएका छैनन् ।

यसै सडकमा जिल्ला अदालत पनि छ, जहाँ न्याय माग्न आउने नागरिक दिनहुँ आवतजावत गर्छन् । पैदलयात्राका लागि आवश्यक आधारभूत सुविधा नहुँदा सर्वसाधारणसहित कानुनी क्षेत्रका पेशाकर्मी पनि सास्ती खेपिरहेका छन्।

नेपाल विद्युत् प्राधिकरणले अहिले बबरमहल क्षेत्रमा भूमिगत तार बिच्छ्याइरहेको छ । प्राधिकरणले नै भूमिगत तारका लागि ड्रिलिङ गर्दा मेलम्ची खानेपानीको पाइप फुटेर झनै अस्तव्यस्त भएको थियो । यहाँ भूमिगत प्रसारण लाइनको काम नसकिएसम्म फुटपाथ पनि बन्ने अवस्था छैन ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १ : ०७ बजे

सरकारी अस्पतालमा नर्सिङ जनशक्तिको चरम संकट : बिदा र भत्तामा समेत हुन्छ विभेद

काठमाडौँ- सरकारले सरकारी कर्मचारीका लागि साताको दुई दिन बिदा लागू

जलस्रोतसम्बन्धी नयाँ कानुन ल्याउने सरकारको तयारी

काठमाडौँ– जलस्रोतको व्यवस्थापनलाई सङ्घीय संरचना अनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी

तालतलैयाको बक्यौता नतिर्नेको सेवासुविधा रोकियो

कैलाली– कैलालीको भजनी नगरपालिकाले तालतलैयाको बक्यौता नतिर्ने ठेकेदारको सेवासुविधा रोकेको

लालीबजार : पुस्तेनी देहव्यापारमा अक्षरको चेतना

काठमाडौं- सुरुमै ‘लालीबजार’ हलभन्दा पहिला अदालतमा पुगेको विषयमा छोटो टिप्पणी- पीडकलाई

धवलागिरिमा मानव पाइला परेको ६६ वर्ष, सात सय जनाभन्दा बढीबाट आरोहण

म्याग्दी– धवलागिरि हिमालमा मानव पाइला परेको आज ६६ वर्ष पूरा