शान्ति सम्झौताका लागि सर्तहरू तय गर्दै जेलेन्स्की र युरोपेली नेताहरू « Khabarhub

शान्ति सम्झौताका लागि सर्तहरू तय गर्दै जेलेन्स्की र युरोपेली नेताहरू


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

लण्डन– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार संयुक्त राज्य अमेरिकासमक्ष प्रस्तुत हुने सम्भावित शान्ति सम्झौताका लागि सर्तहरू तय गर्न युरोपसँग काम गर्ने बताएका छन् ।

अनिश्चित अमेरिकी समर्थनको सामना गरिरहेको र रूसको तीन वर्षको युक्रेन आक्रमणबिरूद्ध महत्त्वपूर्ण क्षणमा भएको सप्ताहान्तको आकस्मिक वार्ताले १८ वटा मित्रराष्ट्रलाई एकै ठाउँमा भेला गराएको छ ।

केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारका अगाडि जेलेन्स्कीलाई दिएको दबाबले ट्रम्पले किएभलाई शान्ति सम्झौतामा बाध्य पार्न चाहेको आशंका बढेपछि  युरोपेली नेताहरूले किएभको समर्थनमा मोर्चाबन्दी गरेका छन् ।

आइतबार सुरु भएको शिखर सम्मेलनले शान्तिको दिशामा काम गर्ने उनीहरूको प्रतिबद्धतालाई बलियो बनाएको जेलेन्स्कीले बताए। 

‘हामीलाई अन्त्यहीन युद्ध होइन, शान्ति चाहिएको छ,’ उनले युक्रेनीहरूले अत्यधिक मात्रामा प्रयोग गर्ने सामाजिक सञ्जाल टेलिग्राममा लेखेका छन् । 

शान्ति वार्ताका न्यूनतम शर्त तोक्ने सम्बन्धमा सोधिएको प्रश्नमा बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बेलायत, फ्रान्स र अन्य मुलुकले युक्रेनसँग युद्ध रोक्ने योजनामा काम गर्ने बताए। 

शिखर सम्मेलनबाट फर्केका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले ले फिगारो पत्रिकालाई बताएअनुसार फ्रान्स र बेलायतले ‘आकाश, समुद्र र ऊर्जा पूर्वाधारमा’ एक महिनाका लागि आंशिक युद्ध विरामको प्रस्ताव गर्न चाहेका छन् ।

स्टारमर र म्याक्रोँले युक्रेनमा कुनै पनि युद्धविराम कायम राख्न बेलायती र फ्रान्सेली सेना तैनाथ गर्न तयार रहेको बताएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १ : १७ बजे

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

काठमाडौं– युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी नदीमा बुधबार

गायक सुशान्तको १० लाख सहयोग

काठमाडौं – गायक सुशान्त केसीले रसुवा बाढी पीडितलाई १० लाख

रविसँग स्थानीय सरकारको गुनासो : प्रजिअ र प्रहरी प्रमुखले टेर्दैनन्, संघीय सरकारले सुन्दैन

काठमाडौं- गत बुधबार बिहान आएको भिषण बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले

विपद्को समयमा सरकारलाई साथ दिन्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले विपद्को समयमा सरकारलाई

चितवनपछि नवलपुरमा पनि जमिनमुनि शव व्यवस्थापन (तस्बिरहरू)

पूर्वी नवलपरासी- भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी पूर्वी नवलपरासीको नारायणी नदी