कम्युनिस्ट नेताहरूमा आवारा प्रवृत्ति हाबी भयो : विप्लव  | Khabarhub Khabarhub

कम्युनिस्ट नेताहरूमा आवारा प्रवृत्ति हाबी भयो : विप्लव 


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका नेताहरू भिखारी जस्तो विभिन्न देशसँग भिख मागिरहेको बताएका छन् । सोमबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अरु देशसँग भिख माग्दा युक्रेनको जस्तो हालत हुने बताएका हुन् । 

यस्तै समयले अग्रगामी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने अवस्था आएको उनले बताए ।

 ‘दलालहरूले युक्रेनको जस्तै हालत बनाउँछन्,’ उनले भने, ‘नेपाललाई हामीले रूपान्तरण गर्न सकिन्छ । त्यसमा लागि कम्युनिस्ट मुभमेन्टलाई एकता आवश्यक छ ।’

गफ चुट्ने नेताबाट रूपान्तरण सम्भव नभएको र विदेशीको भिख थापेर आदर्शवादी गफ दिँदैमा देश समृद्धि नहुने उनको भनाई थियो ।

 ‘अहिले देशको उत्पादनले दुई महिना खान पुग्दैन,’ उनले भने, ‘यस्तै तालले विदेशीको एजेन्ट बनाउनतर्फ अग्रसर गराउँछ ।’

साथै राजनीति गर्ने मान्छेले श्रम गर्नुहुँदैन भन्ने प्रवृत्तिको अन्त्य गरिने पनि उनले बताए ।

एक महिनादेखि कर्णालीमा रहेका विप्लवले जुम्लामा सात सय स्याउका विरुवा रोप्नुका साथै कालिकोटमा भेडा फार्म उद्घाटन गरेको बताए ।

 ‘जनताले पनि सहयोग गरेका छन्, धागो, कपडा उद्योगको विषयमा पनि कुरा भएको छ’ उनले भने।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १ : ३५ बजे

‘महाकमाण्डर’ देखिए दीपकराज, ‘माग्ने बूढा’लाई सफलता, विजयलाई झट्का

हेडलाइन…– ‘माग्ने राजा’को व्यापारिक सफलताले जोगायो माग्ने बूढाको इज्जत– माइतीघरको

सामाजिक सञ्जालबारे सञ्चारमन्त्री गुरुङले झुट बोलेको आरोप

लमजुङ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रमुख सचेतक

काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं– वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज

एमाले विधान महाधिवेशन : आज समूहगत छलफल

काठमाडौं– नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशन आज पनि जारी

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल