धार्मिक अल्पसङ्ख्यकमाथि आक्रमण बढेकोमा पाकिस्तानी मानव अधिकार आयोगको चिन्ता | Khabarhub Khabarhub

धार्मिक अल्पसङ्ख्यकमाथि आक्रमण बढेकोमा पाकिस्तानी मानव अधिकार आयोगको चिन्ता


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धार्मिक अल्पसङ्ख्यकमाथि आक्रमणका घटना बढिरहेको भन्दै पाकिस्तानको मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ । सन् २०२३–२४ मा भएका मानव अधिकार उल्लङ्घनसम्बन्धी प्रतिवेदन जारी गर्दै आयोगले यस्तो चिन्ता व्यक्त गरेको हो ।

उक्त प्रतिवेदनमा अहमदिया समुदायको समाधिस्थलमाथि आक्रमणका घटना बढेको, धार्मिक अल्पसङ्ख्यकको घर र प्रार्थानास्थलमाथि तोडफोड गरिएको, उनीहरुलाई बिना कारण नियन्त्रणमा लिने र जबरजस्ती धर्मान्तरण गर्ने घटना बढ्दै गएको उल्लेख गरिएको छ । उक्त प्रतिवेदनमा समीक्षा अवधिमा ७ सय ५० भन्दा धेरै जनालाई ईश निन्दाको आरोपमा पक्राउ गरिएको समेत जनाइएको छ ।

त्यसैगरी, धार्मिक आस्थाकै कारण ४ जनाको हत्या भएको पनि प्रतिवेदनमा जनाइएको छ । त्यसैगरी, आयोगले अरु धर्मका व्यक्तिलाई लक्षित गरी दुष्प्रचार फैलाउनका लागि सामाजिक सञ्जालको प्रयोग बढिरहेको समेत औँल्याएको छ । 

कतिपय अवस्थामा धार्मिक आस्थाकै कारण आक्रमणको सिकार भएकाहरूले विभिन्न प्रशासनिक झन्झटको सामना गर्नुपरेको प्रतिवेदनमा जनाइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ३ : ३६ बजे

तनहुँमा दैनिक ४० वटा राहदानी वितरण

तनहुँ– जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको

देउसीको दक्षिणाबाट शान्ति टोलमा सीसी क्यामरा जडान

झापा– झापाको शान्ति टोल विकास संस्थाले  देउसीभैलीमा सङ्कलन भएको एक

बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८ बराबरको बीमा दावी

 काठमाडौं– गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण

दुग्ध उत्पादनमा आकर्षित गर्न ‘नश्ल सुधार कार्यक्रम’

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्नका लागि

म्याग्दीको कोसेली टिमुरका परिकार

म्याग्दी– मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले