इजरायलमा छुरा प्रहारबाट एक जनाको मृत्यु, चार व्यक्ति घाइते « Khabarhub

इजरायलमा छुरा प्रहारबाट एक जनाको मृत्यु, चार व्यक्ति घाइते


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेनसी– इजरायलको हाइफा शहरको एक यातायात स्टेसनमा सोमबार भएको छुरा प्रहारबाट एक जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका स्थानीय अस्पतालका चिकित्सकले बताएका छन् ।

गत जनवरी १९ मा गाजामा इजरायल र प्यालेस्टिनी लडाकू समूह (हमास)बीच भएको युद्धविरामपछि इजरायलमा भएको यो पहिलो घातक आक्रमण हो ।

गाजा युद्धविरामको पहिलो चरणको वार्ता सप्ताहान्तमा समाप्त भएपछि दुई पक्षबीच वार्ता रोकिएको बेला उक्त आक्रमण भएको हो ।

इजरायलको ‘म्यागेन डेभिड एडोम’ नामक आपत्कालीन सेवाले भनेको छ, ‘मेडिकल टोलीले अन्दाजी ७० वर्षीय एक व्यक्तिको मृत्यु भएको घोषणा गरेको छ र चार जना घाइतेलाई उद्धारपछि उपचार गरिरहेको छ ।’

घाइतेमध्ये अन्दाजी ३० वर्षीय एक पुरुष र एक महिला तथा १५ वर्षीय बालकको अवस्था गम्भीर रहेको छ । उनीहरू अझै खतरामुक्त भइनसकेको बताइएको छ । 

इजरायली प्रहरीले इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग सम्बन्धित व्यक्तिहरूलाई ‘आतंकवादी’ आक्रमणको संज्ञा दिए पनि सोमबारको आक्रमणमा संलग्न अपराधीको पहिचान भने हुन सकेको छैन ।

आक्रमणकारीले सुरुमा नै गोली चलाएको बुझिएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई बाहिर निकालेपछि त्यहाँ पुगेका एएफपीका पत्रकारहरूले आक्रमणकारीको शव कम्बलमुनि भुईँमा देखेको बताए । 

उत्तरी इजरायलको ठूलो तटीय शहर हाइफाको बस र रेल स्टेसनमा आक्रमण भएको हो ।

युद्धविराम लम्ब्याउने विषयमा हाससँग असहमति भएपछि इजरायलले आइतबार गाजामा मानवीय सहायता प्रवेशमा रोक लगाएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ४ : ४१ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका