सांसद सूर्य थापा भन्छन्- कुसुण्डा जातिको भाषा संरक्षण राज्यको दायित्व | Khabarhub Khabarhub

सांसद सूर्य थापा भन्छन्- कुसुण्डा जातिको भाषा संरक्षण राज्यको दायित्व


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

प्युठान- प्रतिनिधिसभाका सदस्य सूर्य थापाले लोपोन्मुख कुसुण्डा जातिको भाषाको संरक्षण र विकास ध्यान दिनुपर्ने बताएका छन् ।

कुसुण्डा भाषा संरक्षण राज्यको दायित्व भएको उनले बताएका छन् ।

सोमबार प्युठानको बड्डाडामा आयोजित कुसुण्डा भाषासम्बन्धी राष्ट्रियस्तरको १५ दिने तालिम उद्घाटन गर्दै सांसद थापाले यसो भनेका हुन् ।

‘लोपोन्मुख र दुर्लभ भाषा हराउँदै गएको छ । अहिले कुसुण्डा बोल्ने एकजना मात्रै रहेछन् । दुर्लभ भाषाको संरक्षण र विकासका लागि हामीले ध्यान दिन जरुरी छ’, उनले भने ।

लोपोन्मुख भाषा तथा संस्कृति संरक्षणका लागि एकीकृत बस्ती विकास गर्नुपर्नेमा सांसद थापाले जोड दिए । उनले संगठित रूपमा बसोबास गर्दा भाषा तथा संस्कृतिको संरक्षण प्रभावकारी हुन सक्ने बताए ।

सांसद थापाले कुसुण्डा भाषाको स्थानीय पाठ्यक्रम बनाई उनीहरू बसोबास गर्ने क्षेत्रमा लागू गर्न पालिकालाई सुझाव दिए ।

भाषा, संस्कृति र पहिचान लोप हुन लागेकोले जीवित राख्नुपर्छ भन्ने मान्यतासहित तालिम आयोजना गरिएको सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले संविधानले स्थानीय तहलाई भाषा तथा संस्कृति संरक्षणको अधिकार प्रत्यायोजन गरेअनुसार सम्बन्धित कानुनी संरचना निर्माण भइसकेको बताए ।

हाल सरुमारानी गाउँपालिकामा ६ घरपरिवारसहित जिल्लाभर ५१ जना कुसुण्डा समुदायका सदस्य छन्।

नेपाल कुसुण्डा विकास समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुण्डाले कुसुण्डा भाषीहरूलाई एकै स्थानमा बसोबास गराउन सके भाषा संरक्षण प्रभावकारी हुने बताए ।

कुसुण्डा भाषाका अनुसन्धानकर्ता उदयराज आलेका अनुसार अन्य भाषामा अभिभावकले छोराछोरीलाई सिकाउने परम्परा भए पनि कुसुण्डा समुदायमा भने नयाँ पुस्ताले भाषा सिकेर अभिभावक र परिवारलाई सिकाउनुपर्ने अवस्था छ।

नेपाल कुसुण्डा विकास समाजका अनुसार, हाल प्यूठानसहित सुर्खेत, रोल्पा, अर्घाखाँची, कपिलवस्तु, तनहुँ, र गोरखा जिल्लामा कुसुण्डा समुदायको बसोवास छ। २०७८ को जनगणना अनुसार नेपालमा कुसुण्डा जातिको कुल जनसंख्या २५३ छ । तालिममा देशभरका आठ जिल्लामध्ये छ जिल्लाका ३५ जना प्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ४ : ४८ बजे

रुस कुनै पनि युद्धविरामअघि ‘बलियो स्थिति’ हासिल गर्न चाहन्छ : जेलेन्स्की

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार रुसले युक्रेनमा युद्धविराम

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक

बाग्मती किनारको शङ्खमूल क्षेत्रबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं – ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

११ कर्मचारीलाई १० जिल्लामा बजार अनुगमनको जिम्मेवारी

पर्सा । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालु

गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु

गाजा सिटी – गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार उत्तरमा इजरायली