बालेनको आक्रोशपूर्ण टिप्पणी- केपी ओलीले जति नाकाबन्दी लगाए पनि झुक्दिनँ « Khabarhub

बालेनको आक्रोशपूर्ण टिप्पणी- केपी ओलीले जति नाकाबन्दी लगाए पनि झुक्दिनँ

एमाले कार्यकर्ताहरूलाई दिए भ्रष्टहरूको संज्ञा


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले फेरि प्रधनमन्त्री केपी शर्मा ओलीमाथि खनिएका छन् ।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् नेकपा एमालेका अध्यक्ष ओली नेतृत्वको सरकारलाई भ्रमको खेती गरेवापतको विद्या वारिधिको उपाधि दिनुपर्ने टिप्पणी गरेका छन् ।

‘भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ,’ उनले ६ वटा उदाहरणहरू दिँदै फेसबुकमा लेखेका छन् ।

बालेनले आफू प्रधानमन्त्री ओलीको शत्रु नभएर विकासको साझेदार भएको पनि उल्लेख गरेका छन् ।

‘प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईंका दुश्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि तपाईंकै कार्यकालमा भएका हुन् भनिदिउँला,’ उनले लेखेका छन्, ‘तर, त्यसो भन्दा पत्याउने बनाउन आग्रह, पूर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरि त्यो दाबी गर्न सक्ने ल्याकत बनाउने जिम्मा तपाईंकै हो ।’

महानगर प्रमुख बालेनले एमालेका कार्यकर्तालाई भ्रष्टको संज्ञा दिँदै उनीहरूले जतिसुकै भ्रम फैल्याए पनि नझुक्ने जिकिर गरेका छन् ।

‘जति भ्रम फैलाए पनि, हामी तपाईंको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ । महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन,’ उनले भनेका छन्, ‘अहिलेका लागि देशमा आवश्यक सबै भन्दा ठूलो कुरा सुशासन हो । भ्रष्टहरूविरूद्धको लडाइँ हो ।’

बालेनले सुशासनका लागि आफू जोसँग पनि जुध्न तयार रहेकोसमेत उल्लेख गरेका छन् । ‘सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिनँ । सुशासन कायम गरेरै छोड्छु,’ उनले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ५ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै