लेबनानका राष्ट्रपति साउदी अरब प्रस्थान « Khabarhub

लेबनानका राष्ट्रपति साउदी अरब प्रस्थान


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बेरुत– लेबनानका राष्ट्रपति जोसेफ खालिल औनले कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणका लागि सोमबार साउदी अरबको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । उनले यसै वर्ष जनवरीमा लेबनानको राष्ट्रपतिका रूपमा शपथ लिएका थिए । 

रियाद र वासिङ्टनको समर्थनप्राप्त पूर्व सेना प्रमुख औन जनवरी ९ मा लेबनानको राष्ट्रपति निर्वाचित भएका थिए। 

उनको निर्वाचनले लेबनानमा राजनीतिक र आर्थिक संकटका बीच दुई वर्षभन्दा बढी समयदेखिको शक्ति शून्यता अन्त्य गरेको थियो ।

 इजरायलसँगको विनाशकारी युद्धका क्रममा लेबनानको इरान समर्थित हिजबुल्लाह कमजोर भएपछि उनको निर्वाचन सम्भव भएको थियो ।

उनको कार्यालयका प्रवक्ताले भने, ‘लेबनान र समग्र अरब क्षेत्रको सुरक्षा तथा कूटनीतिक सम्बन्ध र लेबनानका लागि साउदी अरबको सैन्य सहायतालाई नवीकरण गर्न उहाँको भ्रमण फलदायी हुने विश्वास गरिएको छ।’

लेबनान र साउदी अरबबीचको सम्बन्ध वर्षौँदेखि तनावपूर्ण रहँदै आएको छ । सन् २०१६ मा रियादले लेबनानी सेनालाई दिइने तीन अर्ब अमेरिकी डलरको सैन्य सहायता रोकेको थियो ।

‘मेरो भ्रमणका क्रममा म सम्भव भएसम्म सैन्य सहायता पुनः सक्रिय बनाउन प्रयास गर्नेछु,’ एक अन्तर्वार्तामा भनेका थिए । 

लेबनानसँगको ‘ऐतिहासिक सम्बन्ध’ र क्षेत्रीय तथा विश्वव्यापी खेलाडीको रूपमा साउदी अरबको भूमिकाका कारण आफूले साउदी अरबलाई आफ्नो पहिलो गन्तव्यका रूपमा रोजेको राष्ट्रपति औनले बताए। 

उनले भने, ‘साउदी अरबले हामीलाई दुवै देशको हितमा सम्बन्ध पुनर्स्थापित गर्न र हालका अवरोधहरू पार गर्न मद्दत गर्नेछ भन्ने मेरो विश्वास छ।’

लेबनानले ‘भिजन २०३०’ अर्थात् तेलभन्दा बाहिरको अर्थतन्त्रलाई विविधीकरण गर्ने रियादको पहलसँग सहकार्य गर्न सक्ने बताउँदै उनले ‘सामान्य आर्थिक सम्बन्ध निर्माण’ हुनेमा आशा आशा व्यक्त गरे । 

‘यसले साउदी नागरिकहरूलाई आफ्नो दोस्रो घर लेबनान फर्कन अनुमति दिनेछ भने लेबनानीहरू पनि साउदी अरबसँग पुनः जोडिन उत्सुक छन्,’ उनले भने। 

लेबनानमा सन् १९७५ देखि १९९० सम्म चलेको गृहयुद्धपछि हतियार राख्ने एक मात्र समूह हिजबुल्लाह लेबनानमा प्रमुख शक्तिका रूपमा रहँदै आएको छ ।

औनले ‘सकारात्मक तटस्थताको नीति’ र ‘अरब देशहरूसँग सर्वोत्तम सम्बन्ध’ को पनि प्रतिज्ञा गरे। 

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ५ : ४७ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका