सिराजको घातक बलिङ र बटलरको विस्फोटक ब्याटिङमा आरसिबीविरुद्ध गुजरात आठ विकेटले विजयी « Khabarhub

सिराजको घातक बलिङ र बटलरको विस्फोटक ब्याटिङमा आरसिबीविरुद्ध गुजरात आठ विकेटले विजयी


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पहिलो खेलमा पराजयको सामना गरेको गुजरात टाइटानले त्यसपछि लगातार दोस्रो जित हात पारेको छ।

बुधबार राति भएको खेलमा सनसनीपूर्ण सुरुवात गरेको रोयल च्यालेन्जर बंग्लोरुलाई गुजरातले ८ विकेटले हरायो। १७० रनको लक्ष्य पाएको गुजरातले १३ बल बाँकी रहँदा २ विकेटको क्षतिमा १७० बनाउँदै लक्ष्य पूरा गरेको हो।

गुजरातका लागि जोस बटलरले अविजित रहँदै ३९ बलमा ७३ रन जोडे। उनको पारीमा ५ चौका र ६ छक्का थियो। सेरफान रुदरफोर्डले अविजित १८ बलमा ३० रन जोडे। साइ सुदर्शन अर्धशतक बनाउन एक रनले चुके। उनले ३६ बलमा ७ चोका र एक छक्काको मद्दतमा ४९ रन जोडे। बंग्लोरुका लागि भुवनेश्वर कुमारले चार ओभरमा २३ रन खर्चेर एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंग्लोरुले ८ विकेटको क्षतिमा १६९ रन जोडेको हो। बंग्लोरुले ६.२ ओभरमा ४२ रनमा चौथो विकेट गुमाइसकेको थियो। बंग्लोरुलाई सस्तोमा समेट्ने क्रममा सिराजले चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए।

मध्य क्रममा बंग्लोरुलाई खुलेर खेल्न रोकेका साइ किशोरले चार ओभरमा २२ रन खर्चेर दुई विकेट लिए। प्रसिद्ध कृष्णले ४ ओभरमा दुई रन खर्चेर एक विकेट लिए। बंग्लोरुका लागि पाँचौँ क्रममा ब्याटिङ गरेका लियाम लिभिङ स्टोनले ५४, छैटौँ क्रममा जितेस शर्माले ३३ तथा आठौँ क्रममा टिम डेभिडले १८ बलमा ३२ रन जोडे। सिराज खेलको प्लेयर अफ द म्याच घोषित भए।

बंग्लोरु यो हारपछि चार अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ। गुजरात समान अंकका साथ चौथो स्थानमा छ। पन्जाब किङ्स चार अङ्क सहित पहिलो तथा दिल्ली क्यापिटल दोस्रो स्थानमा छन्। पन्जाब र दिल्लीले दुई खेल मात्र खेलेका छन् भने अन्य टोलीले तीन खेल खेलिसकेका छन्।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ६ : १९ बजे

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र