इङ्लिस प्रिमियर सिप : उपाधिको सम्भावना बलियो बनाउँदै लिभरपुल « Khabarhub

इङ्लिस प्रिमियर सिप : उपाधिको सम्भावना बलियो बनाउँदै लिभरपुल


२० चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिभरपुलले इङ्लिस प्रिमियर सिपको उपाधि जित्ने सम्भावनालाई अझ बलियो बनाएको छ। डिएगो जोटाको निर्णायक गोलमा लिभरपुलले बुधबार राति भएको खेलमा एभरटनलाई १-० ले हरायो। जोटाले खेलको ५७ औँ मिनेटमा लुइज डियाजको पासमा गोल गरेका हुन्।

यसैगरी म्यानचेस्टर सिटीले लिसेस्टर सिटीलाई २-० ले हरायो। ज्याक ग्रेयासलसले दोस्रो मिनेटमा गरेको गोलमा अग्रता लिएको म्यानचेस्टर सिटीका लागि ओमार आरमाउसले २९ औँ मिनेटमा गोल गरे ।

न्यु क्यासलले पनि ब्रेन्टफोर्डलाई २-१ ले हरायो। सो खेलमा न्यु क्यासलका लागि अलेक्जेन्डर इसाकले २० औँ प्रिमियर सिप गोल गरे भने ब्रेन्टफोर्डका ब्रायन एम्फुफोल गोल गरे। न्यु क्यासलका सान्ड्रो टोनालीले गोल गरे।

बुधबार भएका अन्य खेलमा इप्सविचले बोर्नमाउथलाई २-१ ले तथा अस्टन भिल्लाले ब्रिङटनलाई ३-० ले हरायो। साउथ हाम्टन र क्रिस्टल प्यालेसको खेलमा १-१ गोलको बराबरी भयो।

३० खेलको समाप्तिमा लिभरपुल ७३ अंकसहित शीर्ष स्थानमा तथा आर्सनल ६१ अंकसहित दोस्रो स्थानमा छन्। नटिङघमको ५७ तथा म्यानचेस्टरको ५१ अंक छ। न्यु क्यासलको ५० तथा एक खेल कम खेलेको चेल्सीको ४९ अंक छ। अस्टन भिल्लाको ४८ तथा ब्रिङटनको ४७ अंक छ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ८ : ५३ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का