इङ्लिस प्रिमियर सिप : उपाधिको सम्भावना बलियो बनाउँदै लिभरपुल « Khabarhub

इङ्लिस प्रिमियर सिप : उपाधिको सम्भावना बलियो बनाउँदै लिभरपुल


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिभरपुलले इङ्लिस प्रिमियर सिपको उपाधि जित्ने सम्भावनालाई अझ बलियो बनाएको छ। डिएगो जोटाको निर्णायक गोलमा लिभरपुलले बुधबार राति भएको खेलमा एभरटनलाई १-० ले हरायो। जोटाले खेलको ५७ औँ मिनेटमा लुइज डियाजको पासमा गोल गरेका हुन्।

यसैगरी म्यानचेस्टर सिटीले लिसेस्टर सिटीलाई २-० ले हरायो। ज्याक ग्रेयासलसले दोस्रो मिनेटमा गरेको गोलमा अग्रता लिएको म्यानचेस्टर सिटीका लागि ओमार आरमाउसले २९ औँ मिनेटमा गोल गरे ।

न्यु क्यासलले पनि ब्रेन्टफोर्डलाई २-१ ले हरायो। सो खेलमा न्यु क्यासलका लागि अलेक्जेन्डर इसाकले २० औँ प्रिमियर सिप गोल गरे भने ब्रेन्टफोर्डका ब्रायन एम्फुफोल गोल गरे। न्यु क्यासलका सान्ड्रो टोनालीले गोल गरे।

बुधबार भएका अन्य खेलमा इप्सविचले बोर्नमाउथलाई २-१ ले तथा अस्टन भिल्लाले ब्रिङटनलाई ३-० ले हरायो। साउथ हाम्टन र क्रिस्टल प्यालेसको खेलमा १-१ गोलको बराबरी भयो।

३० खेलको समाप्तिमा लिभरपुल ७३ अंकसहित शीर्ष स्थानमा तथा आर्सनल ६१ अंकसहित दोस्रो स्थानमा छन्। नटिङघमको ५७ तथा म्यानचेस्टरको ५१ अंक छ। न्यु क्यासलको ५० तथा एक खेल कम खेलेको चेल्सीको ४९ अंक छ। अस्टन भिल्लाको ४८ तथा ब्रिङटनको ४७ अंक छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ८ : ५३ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल